आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

मेलम्ची सुरुङको परीक्षण सफल

परदेशी खबर १० फाल्गुन २०७७, सोमबार १४:४५ मा प्रकाशित ( ३ साल अघि) १९६ पाठक संख्या

काठमाडौं : बहुप्रतीक्षित मेलम्ची खानेपानी सुरुङको परीक्षण सफल भएको छ। साढे २६ किलोमिटर सुरुङमा सोमबार पानी भरेर परीक्षण गरिएको हो। मुहानस्थित अस्थायी ड्यामबाट पठाएको पानी दुई सय ७० मिटर पार भएकाे छ ।

यसअघि ३ चैत्र २०७६ मेलम्ची खानेपानी आयोजनाको मुहानस्थित मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको थियो। त्यतिबेला आयोजनाको मुहानस्थित ‘हेड वर्क्स’बाट अम्बाथान अडिटसम्मको एक किलोमिटर सुरुङमा पानी पठाएर पहिलो परीक्षण गरिएको हो । 

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर दोस्रो परीक्षण गरिएको हो। खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा खानेपानीमन्त्री मणि थापा र युवा तथा खेलकुदमन्त्री दावा तामाङले स्वीच दबाएर पानी पठाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ९नं १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।