आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

दाहाल-नेपाल नेकपाले तोक्यो ६८ जिल्लाको नेतृत्व, ३५ मा पूर्व माओवादी, ३३ मा पूर्व एमालेलाई

परदेशी खबर १० फाल्गुन २०७७, सोमबार १३:५६ मा प्रकाशित ( ३ साल अघि) ७२१ पाठक संख्या

फागुन १०,काठमान्डौ / पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले देशका ६८ जिल्लाको नेतृत्व टुंगो लगाएको छ। दाहाल-नेपाल नेकपाले देशका ६८ जिल्लाको नेतृत्व छानेको हो। पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि विभाजित दाहाल-नेपालले दुई महिना लामो कसरतपछि जिल्लाका अध्यक्ष र सचिव छानेको हो।

दाहाल-नेपालले गरेको बाँडफाँट अनुसार पूर्व माओवादी पक्षले ३५ जिल्लामा र पूर्व एमालेले ३३ जिल्लामा नेतृत्व लिएका छन्। दाहाल-नेपालले आइतवार मात्रै पार्टीको सङ्गठनात्मक संरचना आधा आधा भागबण्डा लगाएका थिए। अब दाहाल-नेपालले जिल्ला इन्चार्ज र सह-इन्चार्ज चयन गर्नेछन्।

दाहाल-नेपालले अन्य ९ जिल्लामा विवादका कारण नेतृत्व टुंग्याउन सकेका छैनन्। यी जिल्लाको पनि विवाद मिलाएर नेतृत्व टुङ्ग्याउने तयारी दाहाल-नेपालले गरेका छन्।
जिल्ला इन्चार्ज र सह-इन्चार्ज पनि टुंग्याउन बाँकी छ। रिक्त स्थान पूर्ति गर्दा यो समूहले साविक घटकको कमिटी र जनसंगठनमा वरियताक्रमलाई प्राथमिकता दिने भएको छ।

कुन जिल्लामा कसको नेतृत्व?