कुवेत आउन २१ फेब्रुअरीदेखि खुल्ला, अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम बढ्यो आर्थिक भार

परदेशी खबर, १९ फेब्रुअरी कुवेत । कोरोना भाइरसको बढ्दो संक्रमणलाइ नियन्त्रण गर्नका लागि कुवेत सरकारले गरिएको १५ दिनको कुवेत आगमन बन्द आगामी २१ फेब्रुअरीबाट खुला गर्ने निर्णय गरेको छ।
तेस्रो राष्ट्रमा १४ दिन क्वारेन्टिन बसेर नेगेटिभ पिसिआर रिजल्ट लिएर आए पछि पनि कुवेत एयरपोर्टमा पुनः पिसिआर गरि सात दिनको लागि क्वारेन्टिन जानै पर्ने नियम लागू गरेको छ।तेस्रो राष्ट्रमा १४ दिन क्वारेन्टिन बसेपछी नेगेटिभ पिसिआर प्रमाणपत्र लिएर आएपछी सिधै होम क्वारेन्टीन पठाइने गरेको थियो । त्यसरी पठाउँदा कोरोनाको संक्रमण तिब्र गतिले बढेपछी कुवेत सरकारले यो कदम चालेको हो। होम क्वारेन्टिनको १४ दिने अवधिलाइ पहिलो ७ दिन संस्थागत र पुनः ७ दिनलाइ होम क्वारेन्टिन गरि १४ दिने क्वारेन्टिन पूरा गर्नपर्ने ब्यबस्था लागू गरेको छ।
कुवेतका लागि आउने विदेशी कामदार झन मारमा परेका छन। तेस्रो राष्ट्रमा क्वारेन्टिन बस्दा नै महंगो परिरहेको बेला झन कुवेत एयरपोर्ट आइपुग्ने बित्यिकै ३० दिनारमा पिसिआर परिक्षण, ७ दिन होटल क्वारेन्टीनको आर्थिक भार थपिँदा झन मारमा पर्ने भएको हो।