“नारी”समान/सम्मान नभएको व्यवस्थामा , म पनि बलात्कारी हुन सक्छु

युवक राई

युवक राई

” नारी ” , तिम्रो बलात्कार मैले गरे भने । मलाई तिम्रो न्यायको लागि तिम्रो दाजुभाइले मुद्दा हाल्लान सके कुटपिट पनि गर्लान। नबिर्स तिनिहरु पनि पुरुष नै हुन। त्यस पछि मलाइ पक्रर्ने पुलिस , मेरो पक्ष वा विपक्षमा मुद्दा लड्ने वकिल , मलाइ दोसि वा निर्दोशि ठहराउने न्यायाधीश यिसबै पुरुष । अनी म किन महिला सङ डराउने ?

यसैले पनि मेरो पुरुषार्थलाई मनोबैज्ञानिक रुपमा डर पुरुषमा नै हुन्छ , महिलामा हैन। घटना घटाउने देखि घटना समाधान गर्ने सम्म सबै पुरुष भए पछि । तेहि भएर भन्छु ” नारी ” तिम्रो अबको कुनै पनि महिला कार्यक्रमहरु भब्य र जनचेतनामूलक गर्ने कमलो मानसिकता बाट उठ । लोकतन्त्र ल्याउन जति पुरुषको त्याग छ , त्यतिनै तिम्रो पनि छ । जति यो लोकतान्त्रिक प्रणालीलाई पुरुष स्वतन्त्रताका साथ भोग गर्न सक्छन् तिम्रो पनि त्यतिकै अधिकार छ ।

र यो लोकतान्त्रिक पद्धतिमा त ” नारी ” तिमीले राज्यको प्रतेक स्थाइ-अस्थायी तहमा पुरुष सरह समान सहभागिताको बुलन्द आवाज उठाउन सक्छौ । किनभने नेपालमा पुरुष भन्दा महिलाको संख्या बढी छ। यसैको आधारमा तिमीले भन्नू सक्नु पर्छ हामी महिलाहरु त्यति बेला मात्र चुनावमा आफ्नो भोट हाल्छौ , जतिखेर महिलाको लागी पनि ५० प्रतिशत चुनावमा टिकट दिइनेछ । अनि त्यहीँ पार्टीमा मात्र हामी सदस्यता लिनेछौ जहा पार्टीको माथिल्लो मेजर पद देखी वडासम्म पुरुष सरह बराबरी ठाउँ दिइन्छ । जब तिमी राज्यको माथिल्लो तहमा पुरुष सरह बराबरी हकदार हुन्छौं , कसै सङ तिम्रो न्यायको निम्ति गुहार माग्नु पर्दैन । तिमी आफैंले आफ्नो न्यायको लागी देशको कुनाकाप्चामा पीडित/शोषित अन्यायमा परेका हरेका नारीलाई न्याय दिनको निमित्त कडा कानुन बनाउन सक्छौ । तिमीले जति नारीको पिडालाई बुझ्छौ , हामीले नबुझ्न सक्छौं । यति मात्र हैन महिला दिवसमा जसरी पनि सरकार सामु दबाब सिर्जना गरेर आवाज उठाउन सक्छौं र भन्न सक्छौं । नारी दिवसको दिन ५० जना महिलालाई प्रहरी प्रशासनमा विभिन्न पदमा बडुवा गराउनै पर्ने ( अन्य समयको बढुवा दिएर पनि ) । ५० जना महिलालाई वकिल पेसामा आउने गरि एउटा प्रणाली बनाउने ( तेसको निमित्त हरेक समुदाय र भूगोलबाट सयौं महिलालाई निसुल्क कानुन विषयमा पढ्ने अवसर प्रदान गर्ने ) । यसरीनै देशभर अदालतको संख्या हेरेर महिला न्यायाधीश पनि अनिवार्य रुपमा बराबरी हुनै पर्ने । खेलकुद ( मार्सल आर्टमा ) आत्मरक्षाको लागी निसुल्क तर अनिवार्य केहि बर्ष भाग लिनै पर्ने ब्यवस्था बनाउने। जस्ता कुरा हरु द्वारा नारी दिवस लगायतका महिला हित कार्यक्रम ल्यायौ भने चाहिँ तिमी र तिमी जस्ता महिलाहरुलाइ म र म जस्ता पुरुषहरुले ले सम्मान गर्नेछौ र कुदृष्टि हेर्ने , एउटा मनोरञ्जनको बस्तु जस्तो सोच्ने मानसिकतामा धेरै फरक आउनेछ । हैन भने यस्तो नारी समान र सम्मान नभएको व्यवस्थामा हरेक पुरुष बलात्कारि बन्ने सम्भावना उच्च हुन्छ।






Related Posts
  • कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज
  • राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान
  • मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
  • २४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस