कुवेतमा पठाउछु भनेर श्रीलङ्का पुर्‍याएर बेचबिखन गर्ने गिरोहमध्ये एक जनालाई पक्राउ

File photo

File photo

परदेशी खबर १५ फेब्रुअरी .काठमाण्डाै । कुवेतमा घरायसी काममा लगाइदिने र त्यसबाट आकर्षक तलब पाउने लोभ देखाएर श्रीलङ्कामा मानव बेचबिखन गरेको आरोपमा बेचबिखनमा संलग्न गिरोहमध्ये एक जनालाई पक्राउ गर्न सफल भएको भएको छ् ।

दलालको एक समूहले कुवेतमा काम लगाइदिने बहानामा भारतबाट मलेसिया हुँदै श्रीलङ्का पुर्‍याएर एक महिलालाई बेचबिखन गरेको पाइएको छ । पीडितले दश महिना जेल जीवन बिताई नेपाल फर्किएर उजुरी दिएपछि यसरी मानव बेचबिखन भएको खुलेको हो ।

कुवेतमा घरायसी काममा लगाइदिने र त्यसबाट आकर्षक तलब पाउने लोभ देखाएर श्रीलङ्कामा मानव बेचबिखन गरेको आरोपमा बेचबिखनमा संलग्न गिरोहमध्ये एक जनालाई पक्राउ गर्न सफल भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा बर्दिया स्थायी घर भई हाल पर्वत बस्दै आएका ३६ वर्षीय खेमबहादुर सुवेदी छन् ।

सुवेदीलाई ब्यूरोबाट खटिएको प्रहरी टोलीले पर्वतको कुस्मामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । गिरोहले पीडितको राहदानीसमेत आफ्नै खर्चमा बनाएर प्रलोभनमा पारेका थिए । सुवेदीले नेपालको विमानस्थलबाट जान नमिल्ने भन्दै भारतबाट मलेसिया हुँदै श्रीलङ्का पुर्याएको अनुसन्धानमा खुल्न आएको छ । त्यहाँ पुगेपछि श्रीलङ्कन नागरिक सिराक खान र आलिक खानले बन्धक बनाइराखेको अवस्थामा प्रहरी आई जाँच गर्दा भिषा नभएको पाइएपछि १० महिना जेल बस्नु परेको पीडितले बताउनुभएको छ ।

त्यसपछि नेपाली राजदूतावास र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसमेतको सहयोगमा विसं २०७७ मङ्सिर ३० मा नेपाल फर्कन सफल हुनुभएको थियो । सुवेदीलाई आवश्यक अनुसन्धानका लागि काठमाण्डाै जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको तथा अन्य फरार प्रतिवादीको खोजी कार्य जारी रहेको ब्यूरोले आज सूचनामार्फत जनाएको छ ।

रासस






Related Posts
  • कांग्रेस भात्री संघ निती,अनुसन्धान तथा प्रतिष्ठान कुवेत प्रमुखमा राई नियुक्त
  • पर्वत जिल्लामा स्थापित श्री देवनारायण अक्षयकोष द्वारा समाजसेवी दुर्गा गुरुङ मिलनलाई सम्मान
  • निद्रा नलाग्ने समस्या छ भने यी पाँच फलफूल तथा खाना खानुहोस्
  • मुस्कान खातुनलाई राष्ट्रपतिले दिइन् बधाई
  • पछिल्ला सम्प्रेसणहरु

    कांग्रेस भात्री संघ निती,अनुसन्धान तथा प्रतिष्ठान कुवेत प्रमुखमा राई नियुक्त

    पर्वत जिल्लामा स्थापित श्री देवनारायण अक्षयकोष द्वारा समाजसेवी दुर्गा गुरुङ मिलनलाई सम्मान

    कुवेतमा एक नेपाली महीलाको निधन

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस