आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

पहिलो चरणमा देशभर एक लाख ८४ हजारले मात्रै लगाए काेराेना खोप

परदेशी खबर २५ माघ २०७७, आईतवार १९:५५ मा प्रकाशित ( ३ साल अघि) ३९१ पाठक संख्या


माघ २५, काठमान्डौ।  कोरोना भाइरसविरुद्ध पहिलो चरणमा चार लाख मानिसलाई खाेप लगाउने लक्ष्य राखिएको भएपनि एक लाख ८४ हजारले मात्रै लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, पहिलो चरणमा कोरोना खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन्। भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिसिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट लगाइएको थियो।

प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, बाग्मती प्रदेशमा ६३ हजार ३०८ र गण्डकी प्रदेशमा १८ हजार ४७२ जनाले खोप लगाएका छन्। त्यस्तै, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पहिलो चरणको खोप अभियान २४ माघमा सकिएको छ। धेरैजसो स्वास्थ्यकर्मी विदेशमा रहेकाले लक्ष्यअनुसार खोप लगाउन नसकिएको स्वास्थ्य प्रवक्ता डा. जागेश्वर गौतमको भनाइ छ।

सरकारले ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ। पहिलो चरणमा तीन प्रतिशतलाई लगाउने योजना थियो।

भारत सरकारले अनुदानमा १० लाखखोप उपलब्ध गराएको थियो। यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ।

कोभ्याक्स सुविधामार्फत २० लाख खोप आउने भएको छ। यी सबै खोप दोस्रो चरणमा लगाइने प्रवक्ता गौतमले बताए।