आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

“उदयपुर मिलिजुली समाज कुवेत”को स्थापना

परदेशी खबर १७ माघ २०७७, शनिबार ०६:३६ मा प्रकाशित ( ३ साल अघि) ५८७ पाठक संख्या

परदेशी खबर/ कुवेत – हिजो जनवरी २९, २०२१ शुक्रबार अर्थात मिति २०७७ माघ १६ शुक्रबारको दिन श्रमिकको रुपमा कुवेत आएका उदयपुरका दाजुभाइ तथा दिदिबहिनीहरुले उदयपुरे सम्पुर्णलाई एकीकृत गर्दै आफ्नो प्रवासी बसाईमा एकाअर्कालाई पर्ने कुनै पनि समस्यामा हातेमालो गर्दै आफ्नो जिल्ला उदयपुरमा पनि आई पर्ने समस्यामा सहयोग गर्ने सकारात्मक मनसायको साथ कुवेत स्थित फर्वानिया पार्कमा ११ कार्यसमितिको साथ “उदयपुर मिलिजुली समाज कुवेत”को तदर्थ समिति स्थापना भएको छ। जसमा सबैको सर्वसहमतिमा निम्न पदिय जिम्मा बाडफाड गरिएको छ।

अध्यक्ष            उमेश कुमार पुडासैनी 

उपाध्यक्ष          राजन चाम्लिङ राई 

सचीव              संजय सिंह कार्की 

कोषाध्यक्ष        हरि बहादुर राउत 

सह-कोषाध्यक्ष- इन्द्र बहादुर परियार 

प्रबक्ता           – चन्द बहादुर राउत 

सदस्य           – पर्वत भट्टराई 

सदस्य           – विदुर कार्की 

सदस्य           – रोसन बास्तोला

सदस्य           – सर्वन राई 

संरक्षक सल्लाहकार – युवक राई  

अन्य दर्जनौं साधारण सदस्यको साथ ” उदयपुर मिलिजुली समाज कुवेत” भब्य शुरुवात गरिएको छ।” उदयपुर मिलिजुली समाज कुवेत” को स्थापनासंगै कुवेतमा एक समाज  समेत थपिएको छ ।