लामा भाइ, यूरोप
जनवरी २९- नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकले आगामी फेब्रुअरी १२ तारिख स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति सहित बृहत सोनाम ल्होछार कार्यक्रम मनाउने भएको छ ।
स्थापना काल देखि नै तामाङ समुदायमा विभिन्न तवरले अतुलनीय योगदान दिदैआइरहेको यस संस्थाले बिगतका बर्षहरुमा झै यस बर्ष पनि भाषा,धर्म,संस्कार,संस्कृति,भेषभुषालाई जगेर्ना गरौं, २८५७ औं लङ ल्हो सोनाम ल्होछार सफल पारौं’ भन्ने मुल नाराका साथ तामाङहरुको महान चाड राष्ट्रिय पर्व सोनाम ल्होछार एक सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।
अन्त्यमा विभिन्न संघ संस्था, बुद्धिजीवी, समाजसेवी, कलाकार, पत्रकार र खेलाडी लगायत कुर्दिस्तान इराक भरी छरिएर रहेका तामाङ तथा गैर तामाङ दाजुभाइ तथा दिदिबहिनीहरु सम्पुर्णलाई गरिमामय उपस्थिति जनई कार्यक्रमलाई भब्य र सभ्य रुपले सफल परिदिनुहुन संस्थाका महासचिव श्याम घिसिङ तामाङले परदेशी खबर मार्फत हार्दिक अनुरोध गरेका छन ।
कार्यक्रमको विवरण
मिति : फेब्रुअरी १२ तारिख
स्थान : सुलेमानिय सर्चिनरको नोबेल हल
समय : बिहान् १० बजेदेखि बेलुका ५ बजे सम्म