आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

पक्राउ परे भाइरल युवक अर्जुन विक

परदेशी खबर १३ माघ २०७७, मंगलवार १४:४७ मा प्रकाशित ( ३ साल अघि) ८५ पाठक संख्या

१३ माघ, काठमाडौं । काठमाडौंको अनामनगरमा बच्चा बोकेर रिक्सा चलाइ रहेको तस्वीर सामजिक सञ्जालमार्फत सार्वजनिक भएपिछ भाइरल भएका कैलालीका अर्जुन विक बलात्कार आरोपमा पक्राउ परेका छन् ।

घोडाघोडी नगरपालिका-२ सानेपानी घर भएका अर्जुनलाई अपहरण तथा शरीर बन्धक गरी बालिका बलात्कार गरेको जाहेरीको आधारमा पक्राउ गरिएको कैलालीका एसपी अनुप जबराले बताए ।

प्रहरीका अनुसार विकले गत ३० साउनमा काठमाडौंको देवीनगरस्थित डेरामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ ।

उनले भने ती बालिकालाई आफ्नो श्रीमती बताउने गरेका छन् । तर कानुनत १८ वर्ष भन्दा मुनि सहमितमै शारीरिक सम्पर्क गरेमा पनि जबरजस्ती करणी मानिने भएकोले उनी पक्राउ परेका हुन् । बच्चा जन्माएपछि आफ्नो श्रीमती अरुसँगै पोइला गएको भन्दै उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता समेत दिएका थिए ।

काठमाडौंको तीन कुनेबाट पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालतमा उपस्थित गराई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए । यो खबर अनलाइन खबरले प्रकाशित गरेका छन ।