कुवेतमा नेपाली युवाहरुको लगानीमा मम हाउस संचालन, राजदूत भण्डारीद्वारा उत्घाटन


परदेशी खबर । २६ जनवरी कुवेत । वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समय रहेर व्यावसायिक सम्बन्धि थुप्रै अनुभव बटुलिसकेका अनुभवी युवाहरुको लगानीमा Momo House नामक नेपाली रेस्टुरेन्ट संचालनमा आएको छ् ।

कुवेतका लागि नेपाली राजदुत दुर्गाप्रसाद भन्डारीद्वारा दिप प्रज्वलन गर्दै रिबन र केक काटेर बिधिबद रूपमा उद्घाटन सम्पन्न भएको छ् ।

कुवेतको फर्वानिया स्थित Al Arabet Plaaza को Grand Hypermarket भित्र ग्राउन्ड फ्लोरमा अबस्थित रहेको उक्त रेस्टुरेन्ट फर्वानिय एरियामा बस्ने नेपाली हरुको लागि अत्यन्तै पायक पर्ने ठाउँ साथै अन्य ठाउँ बाट आउन लाई यातायात को समेत राम्रो सुबिधा रहेको छ ।

उद्घाटन समारोहमा विशेष रूपमा उपस्थित राजदू भण्डारी , NRNA NCC सदस्य अमीत चाम्लिङ ,NRNA कुवेतका अध्यक्ष सुजन केसि ,महासचिव दिल कुमार पाख्रीन, आदिवासी जनजाती महासंघ कुवेतका महासचिव मन्जित राई, तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा,चितवन सेवा समाजका अध्यक्ष नवीन लोप्चन लगायत हिमालयन बैंक ,आई एम ई,ग्लोबल आई एम ई बैंक ,आई पे बैंक का प्रतिनिधि हरु, पत्रकार ,बुद्धिजीवी तथा अन्य नेपालीहरुको उपस्थित रहेको थियो ।

मम हाउस संचालक टिमको तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा समेत माया ,हौशला र सहयोग निरन्तर पाईरहने अपेक्षा पनि गरेका छन् । रोजगारको लागि कुवेत आएर व्यावसायमा लाग्ने युवाहरु कुवेतमा पनि बढ्दो रहेको छ् ।

MOMO HOSE नेपाली रेस्टुरेन्ट लाई सम्पर्क गर्नु परेमा साथै घरमै बसि अफुलाई मनपर्ने नेपाली परिकार हरु अर्डर गर्नुपरेमा 66636849 उपलब्ध छ ।






Related Posts
  • कांग्रेस भात्री संघ निती,अनुसन्धान तथा प्रतिष्ठान कुवेत प्रमुखमा राई नियुक्त
  • पर्वत जिल्लामा स्थापित श्री देवनारायण अक्षयकोष द्वारा समाजसेवी दुर्गा गुरुङ मिलनलाई सम्मान
  • निद्रा नलाग्ने समस्या छ भने यी पाँच फलफूल तथा खाना खानुहोस्
  • मुस्कान खातुनलाई राष्ट्रपतिले दिइन् बधाई
  • पछिल्ला सम्प्रेसणहरु

    कांग्रेस भात्री संघ निती,अनुसन्धान तथा प्रतिष्ठान कुवेत प्रमुखमा राई नियुक्त

    पर्वत जिल्लामा स्थापित श्री देवनारायण अक्षयकोष द्वारा समाजसेवी दुर्गा गुरुङ मिलनलाई सम्मान

    कुवेतमा एक नेपाली महीलाको निधन

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस