बाकसमा फर्कनेका लागी , एउटा क्रान्तिको खाचो छ

युबक राकी, कुवेत
जनवरी २५- कमरेड ? हाम्रो एकता हुन्छ-हुँदैन ,
तर म ग्यारेन्टी दिएर भन्छु ।
जादा आकाशमा , आउँदा बाकसमा
हुनेको अब कहिले एकता हुँदैन ।
कमरेड ? हामीले समृद्धि ल्याउछौ-ल्याउदैनौ ,
तर म हीनताबोध नगरी भन्छु ।
जादा आकाशमा, आउँदा बाकसमा ,
हुनेको अब कहिले समृद्धि हुँदैन ।
कमरेड ? हाम्रा पार्टी ठिक वा बेठीक
यसको उत्तर चुनाव वा भबिस्यले देला।
तर म ढुक्कको साथ भन्छु ,
जादा आकाश , आउँदा बाकासमा हुनेको
परिवारको खुशी अब कहिले ठिक हुँदैन ।
कमरेड ? आजकल मलाई प्रवासी लाशले ,
त लाल गद्दार होस भने जस्तो लाग्छ।
हामीले बोलेको , देखाएको आशाको ,
स्पस्टिकरण मागे जस्तो लाग्छ।
कमरेड ? आउनुस अर्को क्रान्ति शुरु गरौं ।
जहाँ प्रवासी लाशका परिवारका
दुख पर धकाल्न सक्ने क्रान्ति गरौं ।
उनीहरु मरे पनि उनीहरुले देखाएका
सपनालाई मर्न नदिने अमुर्त क्रान्ति गरौं।
आउनुस कमरेड , आउनुस ,
उनीहरुको मृत्युलाई बेकार हुन नदिउ।
अब सहिदको दर्जा दिलाई , सालिकमा हैन।
समाजमा , उनीहरुको बाकी रहेको सपनामा।
उनीहरुको परिवारलाई फाइदा दिने क्रान्ति गरौं ।
कमरेड एउटा नराम्रो ब्यवस्था बदल्न ,
समय सङ कयौं वर्ष संघर्स गर्न सकिएला।
तर प्रवासमा आफ्नो मरेको नराम्रो खबर सुनेर,
समय सङ एकएक पल पनि बिताउन गाह्रो हुन्छ।