आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि

परदेशी खबर ५ माघ २०७७, सोमबार ०८:१९ मा प्रकाशित ( ३ साल अघि) १३६ पाठक संख्या

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको  छ। पुस पहिलो साता बेलायतबाट आएका तीनजनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। 

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमले हङङकको प्रयोगशालाले सोमबार  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पठाएको रिपोर्टमा तीनजनालाई नयाँ प्रजातिको भाइरस देखिएको पुष्टि भएको जानकारी दिएका छन्। बेलायतबाट फर्किएका मध्ये तीन जनामा कोभिड-१९ को नयाँ प्रकार  देखिएको हो। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।