आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

कास्कीकी बुद्दीसीरीले गरिन कुवेतमा आत्महत्या

परदेशी खबर ४ माघ २०७७, आईतवार १७:२१ मा प्रकाशित ( ३ साल अघि) १७५ पाठक संख्या

कुवेत: कास्की घर भई करिब ८ बर्ष देखी कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत बुद्दिसीरी परियारले झुन्डिएर आत्महत्या गरेकी छिन।३६ बर्षिय बुद्दिसिरीले १४ जनावरी, बिहीवार २०२१ का दिन काम गर्ने घरमै झुन्डिएर आत्महत्या गरेकी हुन।

नेपाली राजदूताबास कुवेतले बुद्दिसीरी परियारले आत्महत्या गरेको प्रारम्भिक जानकारी आएको जानएको छ । सन २०१३ मा श्रम स्विकृती लिएर उनी घरेलु कामदारको रुपमा पहिलो पटक कुवेत आएको रेकेर्डमा देखिएको छ भने सन २०१५मा छुट्टी गएर पुन: फर्किएको देखिन्छ।उनको मृत्‍युको पूर्ण बिबरण भने प्राप्त भैसकेको छैन।

मृतकको परिवारसंग संपर्क भैसकेको र स्पोन्सर अनी परिवार संग समन्वय गरी दूतावसले कानुनी प्रकृया शुरु गरिसकेको छ।