आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

दिल्लीका सडकमा किसानहरुको आन्दोलन (तस्बिर)

परदेशी खबर २१ मंसिर २०७७, आईतवार २०:२४ मा प्रकाशित ( ३ साल अघि) २७९ पाठक संख्या

मंसिर २१,काठमाडौं । यसबेला भारतमा किसान आन्दोलन चर्किरहेको छ । दश दिनदेखि राजधानी नयाँ दिल्लीका सडकमा किसानहरुले डेरानै जमाइरहेका छन् । सडकमा चुल्हो बलिरहेको छ । ती चुल्होमा रोटी पाक्छ । चिया पाक्छ । आन्दोलनरत किसानहरु सडकमै सामुहिक रुपमा भोजन गरिरहेका भेटिन्छन् ।

चिकित्सकहरु किसानहरुको स्वास्थ्य जाँच गरिहरेका भेटिन्छन् । आन्दोलन चर्किदो छ । तर सरकारले किसानले राखेका मागको बेवास्ता गरिरहेको बताइन्छ । प्रदर्शनमा ओर्लिएका किसानहरुले नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको हलिया कानुन खारेजको माग गरिरहेका छन् ।

उनीहरुले सो कानूनलाई किसान विरोधीको संज्ञा दिइरहेका छन् । सो कानून खारेजको माग गर्दै अहिले भारत विशेषगरी पञ्जावका हज्जारौं किसानहरुले राजधानी नयाँ दिल्लीको सीमामा प्रदर्शन गरिरहेका छन् । दश दिनदेखि दिल्लीका सडकमा धर्ना दिएर बसेका किसानका गतिविधि तस्बिरमा हेरौं ।तस्बिरः दैनिक भाष्कर