एक वर्षपछि सार्वजनिक भयो तेह्रौँ सागको खर्च विवरण

मंसिर १४,काठमाडाैं / राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक वर्षपछि १३औँ दक्षिण एसियाली खेलकुद (साग) को खर्च विवरण सार्वजनिक गरेको छ ।

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले कोरोना महामारीका कारण खर्च विवरण सार्वजनिक गर्नमा ढिलाइ भएको बताए । राखेपले आज पत्रकार सम्मेलन गर्दै २०७६ साल मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा सञ्चालन भएको १३औँ सागको खर्च विवरण सार्वजनिक गरेको हो ।

सदस्यसचिव सिलवालका अनुसार साग खेलकुदतर्फ रु एक अर्ब ३१ करोड ७८ लाख ४३ हजार खर्च भएको छ भने पूर्वाधार निर्माणतर्फ रु दुई अर्ब ८६ करोड १४ लाख २८ हजार खर्च भएको छ । सरकारबाट, टिकट बिक्रीबाट, विज्ञापनबाट र सागमा सहभागी राष्ट्रबाट प्राप्त भएको रकम गरी कूल रु एक अर्ब ३७ करोड २७ लाख ९४ हजार आम्दानी भएको उनले जानकारी दिनुभयो । यसैगरी रु एक करोड ९३ लाख ८० हजार खर्च गर्न नसकी फ्रिज भएको सिलवालले बताए ।

सदस्यसचिव सिलवालका अनुसार टिकट बिक्रीबाट रु दुई करोड ६७ लाख ११ हजार, विज्ञापनबाट रु २० लाख ९९ हजार तथा सहभागी राष्ट्रहरुबाट रु ११ करोड २१ लाख ३५ हजार प्राप्त भएको थियो । साग प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा रु ११ करोड ५९ लाख ८८ हजार खर्च भएको छ । होटल बसोबासमा रु १३ करोड ५९ लाख ६७ हजार, खेल सामग्री व्यवस्थापनमा रु २८ करोड २२ लाख ८३ हजार, राष्ट्रिय टोली व्यवस्थापनमा रु ३० करोड ८० लाख ८१ हजार तथा सचिवालयतर्फ रु १५ करोड १७ लाख ९२ हजार खर्च भएको छ ।

यसैगरी १३औँ सागमा पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय सङ्घलाई प्रदान गरिएको पुरस्कारबापत गरी रु २२ करोड ७६ लाख खर्च भएको राखेपले जनाएको छ । सदस्यसचिव सिलवालका अनुसार रु तीन करोड ५५ लाख ७१ हजार मौज्दात रहेको छ । सरकारले साग सञ्चालन गर्नका लागि रु एक अर्ब २३ करोड १८ लाख ४८ हजार उपलब्ध गराएको थियो । रासस






Related Posts
  • सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाँदै
  • कतारले श्रम कानुनको जानकारी ह्वाट्एपबाटै नै उपलव्ध गराउँदै
  • भाले जुधाइमा मारिए मालिक
  • कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
  • पछिल्ला सम्प्रेसणहरु

    वार्तापछि नवलपुरबाट पहिलो पटक सार्वजनिक भए विप्लव

    कुवेतमा आइतबार देखि लागु हुने गरि साँझ पाँच बजे देखि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी

    सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाँदै

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस