आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

१३ मुस्लिम देशका नागरिकलाई यूएईले रोक्यो नयाँ भिसा

परदेशी खबर ११ मंसिर २०७७, बिहीबार १०:५६ मा प्रकाशित ( ३ साल अघि) १२८ पाठक संख्या

मंसिर ११, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले १३ मुस्लिम मुलुकका नागरिकहरुलाई नयाँ भिसा रोक्ने निर्णय गरेको छ । यूएईले इरान, टर्की, सिरिया र सोमालियालगायतका मुलुकका नागरिकलाई नयाँ भिसा नदिने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नोभेम्बर १८ बाट कार्यान्वयनमा आउने गरी यस किसिमको सर्कुलर जारी गरिएको कागजात फेला परेको हो ।

समाचारमा उल्लेख गरिएअनुसार नयाँ कामदार र नयाँ भ्रमण भिसा अर्को निर्णय नहुँदासम्मको लागि रद्द गरिएको हो । नयाँ भिसामा लगाइएको प्रतिबन्ध अफगानिस्तान, पाकिस्तान, लिबिया, यमन, अल्जेरिया, केन्या, इराक, लेबनान र ट्युनिसियाको लागि पनि लागू हुनेछ । यो प्रतिबन्धमा कुनै छुटको व्यवस्था छ वा छैन भन्ने स्पष्ट हुन सकेको छैन । यस विषयमा यूएईले आधिकारिकरुपमा भने कुने जानकारी दिएको छैन ।

अलजाजिराका अनुसार स्रोतले दिएको जानकारीअनुसार यूएईले लगाएको प्रतिबन्ध अस्थायी हो । सुरक्षाको कारण देखाउँदै यूएईले उक्त मुलुकहरुका नागरिकलाई नयाँ भिसा नदिने निर्णय गरेको स्रोतको भनाइ छ । गत साता पाकिस्तानको विदेशमन्त्रालयले यूएईले आफ्ना र अन्य केही मुलुकका नागरिकलाई नयाँ भिसा दिन रोकेको बताएको थियो ।

स्रोत : अलजाजिरा