टर्कीमा शक्तिशाली भूकम्प जाँदा ४ जनाको मृत्यु, १२० घाइते

इस्तानबुल, १४ कार्तिक । टर्कीमा शुक्रबार शक्तिशाली भूकम्प जाँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने १ सय २० घाइते भएका छन् ।

टर्कीको ग्रीससँग जोडिएको सीमाक्षेत्रमा केन्द्रबिन्दु बनेर गएको भूकम्पले गर्दा ग्रसीका केही सहरमा पनि यसको ठूलो धक्का महसुश गरिएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार ७ म्याग्निच्युडको भूकम्प गएको थियो । जसले गर्दा थुप्रै भौतिक संरचना भत्किएका छन् । थुप्रै स्थानमा मानिसहरु च्यापिएर रहेको बताइएको छ । स्थानीय मिडियाका अनुसार अहिले उद्धारकार्य जारी छ ।

भूकम्पको धक्का महसुश भएपछि सीमाक्षेत्रस्थित इजमिर सहरका अधिकांश मानिसहरु घरबाहिर निस्किएर भागदौड नै मच्चिएको प्रतक्षदर्शीले बताएका छन् । उक्त सहरमा थुप्रै भवन भत्किएका छन् भने केही मानिसहरु भत्किएका घरभित्रै च्यापिएर रहेका छन् । तर उनीहरुको उद्धारकार्य अहिले भइरहेको छ। सहरमा भूकम्पपछिको दृश्य तथा भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेका छन् ।

‘हामीले पाएको सूचना अनुसार इजमिर प्रान्तमा ६ वटा भवन भत्किएका छन्,’ टर्कीका गृहमन्त्री सुलेमन स्योलुले भनेका छन् । वातावरणमन्त्री मुरत कुरुमले भने भत्किएका भवनमा केही मानिस च्यापिएको जानकारी दिए । भूकम्पका कारण टर्कीको समुद्रमा सुनामी समेत आएको बताइएको छ । स्थानीय मिडियाका अनुसार सरकारले समुद्र नजिकैका नागरिकहरुलाई सुरक्षित रहन आग्रह गरेको छ ।

स्थानीय समय अनुसार ११ बजेर ५० मिनेट जाँदा इजमिर प्रान्तमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । साथै उक्त भूकम्पको १७ किलोमिटर गहिराइ रहेको पनि बताइएको छ । यद्यपि भूकम्प मापन गर्ने टर्कीको सरकारी निकायले भने ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यसअघि पनि टर्कीको राजधानी इस्तानबुल नजिकै १९९९ मा १७ हजार भन्दा धेरैको मृत्यु हुने गरी भूकम्प गएको थियो । एजेन्सी






Related Posts
  • निद्रा नलाग्ने समस्या छ भने यी पाँच फलफूल तथा खाना खानुहोस्
  • मुस्कान खातुनलाई राष्ट्रपतिले दिइन् बधाई
  • सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाँदै
  • कतारले श्रम कानुनको जानकारी ह्वाट्एपबाटै नै उपलव्ध गराउँदै
  • पछिल्ला सम्प्रेसणहरु

    निद्रा नलाग्ने समस्या छ भने यी पाँच फलफूल तथा खाना खानुहोस्

    मुस्कान खातुनलाई राष्ट्रपतिले दिइन् बधाई

    मेलम्चीको पानी सुरुङबाट आज सुन्दरीजल आइपुग्ने, प्रधानमन्त्री अवलोकन गर्न जाने

    बिजनेष

    ‘नेपाली खाना विश्वभर पस्किँदैछु’ चर्चित मास्टर सेफ साह

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस