आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

नेपाल तामाङ घेदुङ साईप्रसको अध्यक्षमा लक्ष्मी ब्लोन तामाङ

परदेशी खबर १३ कार्तिक २०७७, बिहीबार ११:२७ मा प्रकाशित ( ३ साल अघि) २१७ पाठक संख्या

 

नेपाल तामाङ घेदुङ साईप्रसको अध्यक्षमा लक्ष्मी ब्लोन तामाङ चयन भएकी छिन् । ब्लोन भर्चुअलबाट सम्पन्न चौथो वार्षिकोत्सब तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा चयन भएकी हुन् । यसअघिको कार्यकालमा ब्लोन महासचिव थिइन् ।

साइप्रस घेदुङको नवनिर्वाचित कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हिरा लामा, उपाध्यक्ष सुनिला दोङ, सचिव मिना लामा, सहसचिव निर्मला थिङ, कोषाध्यक्ष सुनीमाया तामाङ, सहकोषाध्यक्षमा रन्जना तामाङ रहेकी छिन् ।

त्यसैगरी कार्यसमितिका सदस्यहरुमा क्रमशः राजु वाइबा, रेनू तामाङ, नानु गोले तामाङ, किया लोप्चान, सहारा लोप्चान, संगीता घले तामाङ, सोनाम तामाङ, सिमा लोप्चान, सुस्मिता गोले तामाङ, अन्जु घिसिङ तामाङ, बिपना तामाङ (किन्जङ), सुबास थोकर तामाङ, काजी बोम्जन तामाङ, रोमन घ्लान तामाङ, युबराज मोक्तान तामाङ, राजमान घ्लान तामाङ, सुबास वाईबा तामाङ, मन्जु तामाङ, बसन्ती लामा, निमा लामा, कविता तामाङ, निरू गोले तामाङ, बिना वाईबा चयन भएकी छिन् ।

सल्लाहकार समितिमा संस्थापक अध्यक्ष नानू गोम्जा (सीता) तामाङ, पूर्वाध्यक्ष साङमो थोकर तामाङ र पूर्व वरिष्ठ उपाध्यक्ष सविता घिसिङ रहेकी छिन् । त्यस्तै सल्लाहकार समितिमा आगामी बैठकबाट पुनर्गठन गर्ने नवनिर्वाचित अध्यक्ष ब्लोनले जानकारी दिइन् ।

भर्चुअलबाट सम्पन्न वार्षिकोत्सब तथा अधिवेशनमा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङ, अन्तराष्ट्रिय तामाङ परिषदको वरिष्ठ उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङका विदेश विभाग प्रमुख टासी लामा, नेपाल तामाङ घेदुङको उपाध्यक्ष कुमार घिसिङ तामाङ, ह्याङला दोलखा तामाङ समाजका अध्यक्ष तथा नेपाल तामाङ घेदुङको केन्द्रिय सदस्य सरोज मोहन मोक्तान तामाङ )ज्यू,विशेष अतिथि नेपाल तामाङ घेदुङका प्रचारप्रसार विभाग प्रमुख जगतमान तामाङ, अतिथि नेपाल तामाङ घेदुङ साईप्रसको संस्थापक अध्यक्ष तथा अन्तराष्ट्रिय तामाङ परिषदकी सहकोषाध्यक्ष नानू गोम्जा तामाङ लगायतले शुभकामना मन्तव्य राखेकी थिइन् । यो खबर सैलुङ अनलाइनले प्रकाशित गरेका छन ।