आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

२४ घन्टामा २४ सय ४० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८९ हजार २६३ पुग्यो

परदेशी खबर १९ आश्विन २०७७, सोमबार ११:२५ मा प्रकाशित ( ३ साल अघि) २४६ पाठक संख्या

 

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ८९ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा २४ सय ४० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

२३ हजार ५०७ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १९१ जना रहेका छन् भने होम आइसोलेसनमा १२ हजार ३१६ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ०३३ जना रहेका छन्। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ७८१ नमूनाको पीसीआर परीक्षण भएको छ। सोमबार ११ सय ३३ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ। 

आइसीयूमा २४४ र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ५५४ जनाको मृत्यु भएको छ। सोमबार मात्रै १९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।