आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

प्रधानमन्त्रीको निजी सचिवालयका चार जनामा कोरोना पुष्टि

परदेशी खबर १७ आश्विन २०७७, शनिबार ११:२९ मा प्रकाशित ( ३ साल अघि) १८२ पाठक संख्या


काठमाडौं : प्रधानमन्त्रीको निजी सचिवालयका चार जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

प्रमुख राजीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सचिवालयका चार सदस्यमा मा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री केपी ओली कन्ट्याक ट्रेसिङमा परेका छन् ।

शुक्रबार दिएको स्वाब परीक्षणको रिपोर्ट शनिबार आएको हो । चारै जनाको रिपोर्ट पोजिटिभ आएपछि प्रधानमन्त्री ओली कन्ट्याक ट्रेसिङमा परेका हुन् ।

प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीसँग दैनिक भेटघाट भइरहेको तर स्वास्थ्य सावधानी अपनाएको बताए । ‘हामी प्रधानमन्त्रीसँग आवश्यकता अनुसार भेटघाटमै थियौँ’, थापाले भने, ‘तर, उहाँसँग भेट गर्दा हामीले स्वास्थ्य सावधानी र दूरी अनिवाई रुपमा कामय गरेका छौँ ।’