सम्बादाता, युएई
सेप्टेम्बर ४- तामाङ समाज यूएईको दुबई क्षेत्रीय समिति र सारजाह, आजमान र उम अलकुयन क्षेत्रीय समितिलले जुम भर्चुअल मार्फत आ-आफ्नो क्षेत्रको अधिवेशन सम्पन्न गरेको छ ।
बिश्वब्यापी रुपमा कोभिड-१९ कोरोन भाइरसको महामारी बाट श्रृजित बिषम परिस्थितिमा तामाङ समाज युएईले कोभिड-१९ रोकथामका लागि स्थानीय सरकारले जारी गरेको निर्देशिकाहरुको पूर्ण रूपमा पालना गर्दै जुम भर्चुअल सम्मेलन बाट नै अधिबेशन सम्पन्न गरेको छ।
तामाङ समाज युएईका अध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईका अध्यक्ष महेश मोक्तानले अहिलेको परिस्थितिका कारण हामीले साधारण रूपमा संस्थागत प्रक्रियाहरू पुरा गरेर समितिहरू पुर्ण गठन गरेको बताउदै यस घडीमा तामाङ समाज युएई लाई सधै साथ, सहयोग र माया गर्नु हुने सम्पुर्ण प्रति हार्दिक आभार प्रकट गर्दै क्षेत्रीय समितिहरूको २०२०देखि २२ सम्म कार्यकालको लागि नव निर्वाचित भएका सम्पुर्ण पदाधिकारीहरू तथा सदस्यहरूलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका छन।
दुबई क्षेत्रीय समितिको नव निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष पदमा प्रताप सिं तामाङ,उपाध्यक्षमा दावा लामा,सचिवमा निमा ग्याल्बो वाईबा,कोषाध्यक्षमा तेन्जीन लामा ,सह-सचिवमा सेर्की तामाङ स्याङबो रहेका छ्न। त्यसैगरी सदस्यहरूमा कृष्ण मोक्तान,राज वाईबा ,तुला राम तामाङ,अनिल छ्युमी, तिमान तामाङ,खिला बहादुर स्याङबो,परि लामा तामाङ,मनिता तामाङ,रविना तामाङ,अमर तामाङ,सोनि डिम्डुङ र आयुसमान स्याङतान रहेका छ्न भने सल्लाहकारमा सोम तामाङ रहेको छ।
सारजाह , आजमान र उम अलकुयन क्षेत्रीय समितिको नव निर्वाचित पदाधिकारीहरुमा अध्यक्ष पदमा अमर लामा,उपाध्यक्षमा ओसिन तामाङ ,सचिवमा मधु लामा, कोषाध्यक्षमा पुनम लामा,सह-सचिवमा कन्चन लामा रहेका छन।
त्यसैगरी सदस्यहरूमा सलिना लामा,पासाङ लामा,मन राज वाईबा ,रेनुका तामाङ र अजित योन्जन रहेका छ भने
सल्लाहकारमा एभ्रिल तामाङ रहेका छ्न।