आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

सेप्टेम्बर २ बाट सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजानिक (उडान तालिकासहित)

परदेशी खबर ९ भाद्र २०७७, मंगलवार १५:३७ मा प्रकाशित ( ३ साल अघि) ४२६ पाठक संख्या

भदौ ९, काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी सेप्टेम्बर २ बाट सञ्चालन गरिने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजानिक गरेको छ।

मन्त्रालयले नियमित तथा चार्टर अन्तर्राष्ट्रिय उडान तालिका, उडान सञ्चालन गर्दा पालना गर्नुपर्ने शर्त र युएन एजेन्सी र विकास साझेदारहरूको सूचीसमेत संलग्न गरी उडान स्वीकृतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो। आज मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उक्त पत्र प्राधिकरणमा पठाइएको मन्त्रालयले जनाएको छ।

उडान अनुमतिका लागि मन्त्रालयले पठाएको सूचीमा नेपालका दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विदेशी वायुसेवा कम्पनीहरू समावेश छन्।

उडान सञ्चालन गर्दा उडान हुनु ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट भएका यात्रुहरू मात्र ल्याउन पाइनेछ। वायुसेवाले पीसीआर नेगेटिभ भएको सुनिश्चित गरेर मात्र बोर्डिङ पास उपलब्ध गराउनुपर्नेछ।

हेर्नुहोस् उडान तालिका र शर्तहरूः