आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

“यहाँ ” लामा भाई

परदेशी खबर २४ श्रावण २०७७, शनिबार ०५:४६ मा प्रकाशित ( ३ साल अघि) ४९० पाठक संख्या

समय र परिस्थितीको एउटा नयाँ संघारमा छु यहाँ ।
जहाँबाट बितेको जिन्दगीको समिक्षा गर्दै।
आउने ,जिन्दगीको शुरु गर्नु छ शुरु बाटै यहाँ ।
संघर्ष र मेहनत भित्र सुनौलो भबिस्य पाउने आशमा, बिछोड र एक्लोपनमा पनि मुस्कुराई दिन्छु यहाँ ।

अलिकति उज्यालोमा धेरै अध्यारो मिसाउदा मधुरो बने जस्तैःअलिकति सुखमा धेरै दुख मिसाउदा म बन्छु यहाँ ।
दुखको उतारचढावमा शिथिल अझै भएको छैन म।
नत सुखकै बहारहरुमा मातिएको छैन म यहाँ ।

स्वतन्त्रता बेचेर मानवीय रोबर्ट जस्तैः भए पनि यहाँ।
हाम्रो महँगो सपना किन्न पुग्ने कमाउदै छु यहाँ ।
छट्पटी,पिडा,एकोहोरो दैनिकी साथी भएका छन।
तर नयाँ सुनौलो युग यसैमा देखेर ढुक्क छ यहाँ ।

लामा भाइ ( इस्ट मान तामाङ )
हाल: युरोपियन मुलुकबाट