सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

साउन २१,काठमाडौं । सुनको मूल्य तोलाकै १ लाख रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा १६ सय रुपैयाँले बढेर बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
सुनको मूल्य मंगलबार ९९ हजार ८ सय रुपैयाँ थियो । यसदिन तेजाबी सुनको मूल्य पनि पनि बढेको छ । तेजावी सुन मंगलबार प्रतितोला ९९ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भएकामा बुधबार प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले तोलाको लाख रुपैयाँ छुँदा चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँ पुगेको छ ।
सुनको मूल्य पछिल्लो महिनामै १० हजार रुपैयाँले बढेको छ ।
« पाकिस्तानले जारी गर्यो जम्मु काश्मीरलाई समेटेर नयाँ नक्सा, भारतले भन्यो – वैधता छैन (Previous News)