आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

एकैदिन २० प्रहरीमा देखियो कोरोना

परदेशी खबर ११ श्रावण २०७७, आईतवार ०९:५२ मा प्रकाशित ( ३ साल अघि) १२५ पाठक संख्या

काठमाडौँ । १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत २० जना प्रहरीलाई कोरोना देखिएको छ । प्रहरी स्रोतका अनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतका बडीगार्डसहित २० जनालाई कोरोना पुष्टि भएको हो । 

गत शुक्रबार प्रदेश कार्यालयमा कार्यरत पाँच प्रहरीमा कोरोना पुष्टि भएसँगै १६० जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । त्यसक्रममा २० जनामा कोरोना पुष्टि भएको हो । 

कोरोना देखिएपछि १ नम्बर प्रदेश प्रहरी कार्याल्य सिल गरेर कार्यलयमा कार्यरत सबै प्रहरीलाई क्वारेन्टिमा राखिएको छ । यद्यपी प्रदेश प्रहरी कार्यालयका एसपी दीपक पोखरेलले केहीमा संक्रमण देखिएपनि संख्या खुलाएनन् । 

हालसम्म ९५ जना प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । पछिल्लो समय संक्रमित प्रहरीको दर बढेको छ । यो खबर रातो पार्टीले प्रकाशित गरेका छन ।