आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

” आमा “

परदेशी खबर ११ श्रावण २०७७, आईतवार ०५:२३ मा प्रकाशित ( ३ साल अघि) ६३७ पाठक संख्या

जन्मेदेखि हुर्के सम्म गर्‍यो तिमीले स्याहार ।
कति रोयो कति करायो तर मानिनौ तिमीले हार ।।
आमा समर्पण , त्याग , स्वार्थविनाको अर्को उपनाम।
गर्वले भन्नू आमा छोरा युरोपमा छ गर्दैन बदनाम ।

जति कमाउछु सुख मनले तिमीमा अर्पण गर्न पाउ।
भौतिक ऋण संगै तिम्रो गुणको ऋण तिरी सक्न पाउ।
धेरै सपना देखाएर गएको छोरा बाकसमा फर्क्यो भने।
आमा ! भाई छनी तिम्रो सहारा भनी चित्त बुझाउनु।

श्रवण कुमार जस्तैः बन्न नसकुला आमा । तर ,
क्षमताले भ्याए सम्म सन्सार घुमाउने छु ।
तिम्रो आशाको दियो हु , व्यर्थ निभ्ने छैन म।
ढुक्कले बस है आमा , सुखका दिन लिएर आउदै छु म।                                                                            लामा भाइ ( इस्ट मान वाईबा )                                     हाल युरोप