आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा कोरोना संक्रमनबाट ५९ हजार ७६३ सङ्क्रमित, ५५९ नयाँ संक्रमित

परदेशी खबर ५ श्रावण २०७७, सोमबार ११:४७ मा प्रकाशित ( ३ साल अघि) ८४ पाठक संख्या

परदेशी खबर/ २०, जुलाई  – कुवेत ।  कुवेतमा कोरोनाभाइरसबाट ५५९ जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढेर ५९ हजार ७६३ जना पुगेको कुवेतको स्वास्थ्यमन्त्रालयले आज जुलाई २० तारिकमा पुष्टि गरेको छ l

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ५९ हजार ७६३ जना मध्ये ९ हजार १६ संक्रमितहरुको उपचार भैरहेको छ भने १३८ जनाको अवस्था गम्भीर साथै ६५२    थप गरि ५० हजार ३३९ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ। पछिल्लो अपडेटमा नयाँ नेपाली संक्रमितको संख्या उल्लेख गरिएको छैन। कुवेतमा अहिलेसम्म ८४ जना नेपाली सङ्क्रमित भएको उल्लेख गरिएको थियो ।  त्यस पछिको विवरण उल्लेख गरिएको छैन । पछिल्लो २४ घण्टामा मृत्‍यु भएको छैन। कुवेतमा मृत्यु हुनेको संख्या ४०८ पुगेको छ । साथै विश्वभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ ।

विश्वब्यापीरुपमा संक्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडानहरु र सार्बजनिक यातायातहरु अस्थायीरुपमा बन्द गरेको छ साथै स’ङ्क्र’मण नियन्त्रणको लागि कुवेत सरकारले सबै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सिनेमा हल, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बिस्तारै चलपहल हुन थालेका र बन्द रहेका सहरहरु सुन्सान अवस्थामा रहेको मलहरु बिस्तारै खुल्न थालेका छन ।  

कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६ लाख ९ हजार ५३१ पुगेको छ । बिभिन्न संचार माध्यमहरुले जनाएको विवरणअनुसार संसारभरि १ करोड ४६ लाख ६९ हजार ५०६ जना कोरोना भाइरसबाट सङ्क्रमित ८७ लाख ५२  हजार १०७ जना निको भएका र ५३ लाख ७ हजार ८६८ जना उपचार गरिरहेका विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो तथ्याङकमा सार्वजनिक गरेकोे छ ।