आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा रहेका खोटाङे समाजसेवी राईद्वारा भोजपुरे राईलाई ५० हजार सहयोग

परदेशी खबर २ श्रावण २०७७, शुक्रबार १५:४७ मा प्रकाशित ( ३ साल अघि) २२७ पाठक संख्या

 

अमित चाम्लिङ।

कुवेत,२ साउन। वैदेशिक रोजगारीमा रहेका समाजसेवी उमेश राईले बस दुर्घटनामा परी प्यारालाइसि भएका बिरामीलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। जन्तेढुङ्गा गाउँपालिका खोटाङका समाजसेवी राईले श्यामशिला भोजपुरनिवासी राजन राईलाई स्वास्थ्यलाभको कामनासहित आर्थिक सहयोग गरेका हुन् ।

कुवेतबाट पठाइएको आर्थिक सहयोग संघीय सांसद सुदन किरातीले बिरामीको घरमै पुगेर हस्तान्तरण गरेका थिए ।

दुई छोरा र तीन छोरीका बाबु राजन राई ४० वर्षकै उमेरमै दुर्घटनामा परी थलिँदा आफ्नोभन्दा पनि छोराछोरीको शिक्षादीक्षाका लागि चिन्तित छन्। कोरोना महामारीले अस्तव्यस्त पारेको अवस्थामा कुवेतबाट पठाइएको आर्थिक सहयोगले बिरामीलाई मलहमपट्टी लाउने कोसिस गरिएको हो।

वर्षेझरीको पर्वाह नगरी चिप्लोबाटो पार गर्दै बिरामीको घर पुगेका सांसद किराती भन्छन्, ‘आखिरी विचार मिले समुद्रले छेक्दैन रहेछ । हामी भोजपुरवासीका तर्फबाट सहयोगी समाजसेवी राईलाई मुरीमुरी धन्यवाद ज्ञापन गर्दछौं ।’ पवित्र कामका लागि आफूलाई विश्वास गरेर पुलको भूमिका निर्वाह गर्ने अवसर दिलाइदिएकोमा उनले खुसी व्यक्त गरे ।
जन्तेढुङ्गा गाउपालिका–२ हिउराङ साउने, खोटाङ जिल्लानिवासी मनकारी सहयोगी उमेश राई किरात राई ययोक्खा कुवेत उपाध्यक्ष र खोटाङ–कुवेत सम्पर्क मञ्चका सचिवसमेत हुन् ।