आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

बेलायतबाट ले.कर्ण गुरुङ दम्पतीद्वारा ६०औं जन्मदिनको अवसरमा पोखराका विपन्न ६० घरपरिवारलाई खाद्यान्न सहयोग

परदेशी खबर ८ असार २०७७, सोमबार १७:११ मा प्रकाशित ( ३ साल अघि) १२६ पाठक संख्या

मिलन क्रोम्छें तमु – असार ८ , पोखरा । पर्वत, महाशिला गाउँपालिका-२ भोकसिङ देउराली पुर्ख्यौली घर भइ हाल यूके फेलथम निवासी पैयुँखोला तमु समाज यूकेका अध्यक्ष , पाइला फिल्मस प्रा.लि.को ब्यानरमा निर्मित गुरुङ चलचित्र ङ्हेल्स्यो (सैना) का मुख्य निर्माता आदरणीय समाजसेवी व्यक्तित्व ले.कर्ण प्रसाद योज तमु र उहाँकी धर्मपत्नी पान कुमारी टुक्ल्हेप्री (योज) तमुको सहयोगमा आज पैयुँखोला तमु समाज, पोखरा-१४ काजीपोखरीको भवनमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । ले.कर्ण योज तमुको आफ्नो ६०औं शुभ जन्मदिनको उपलक्ष्यमा कोभिड-१९ कोरोना महामारीको कारण नेपाल सरकारद्वारा जारी आदेश लकडाउनको मार खेपिरहेका विपन्न ६० घरपरिवारलाई राहत स्वरुप खाद्यान्न प्याकेज वितरण गरिएको हो । 

पैयुँखोला तमु समाज कार्यसमिति तथा महिला कार्यसमितिको व्यवस्थापनमा , ङ्हेल्स्यो युनिटको सहकार्यमा वितरण गरिएको सो कार्यक्रममा पैयुँखोला तमु समाज पोखराका अध्यक्ष बल बहादुर कोने तमु र पाइला फिल्मस प्रा.लि. पोखराका निर्देशक माओत्सेतुङ प्ल्होन्मे तमुले सहयोगदाता ले.कर्ण प्रसाद योज तमुको यस्तो प्रशंसनीय कार्य प्रति खुशी प्रकट गर्दै धन्यवाद साथै आभार व्यक्त गरेका छन ।

राहत स्वरुप वितरण गरिएको सो खाद्यान्न प्याकेजमा चामल १५ केजी, दाल १ केजी, खानेतेल १ लिटर, चिनी १ केजी, नुन १ केजी र चियापत्ती रहेका छन । राहत राष्ट्रबैंकचोक, मुस्ताङचोक, बनक्याम्पस, नयाँगाउँ, बिरौटा, सिमलचौर ,एयरपोर्ट, छोरेपाटन, रत्नचोक, काजीपोखरी, मझेरीपाटन, रामबजार, लक्ष्मीटोल, टुटुङ्गा, चोरसाँगु , हवेलीमार्ग, तल्लो सिमलबोट, छिनडाँडा, गलेश्वरचोकका परिवारलाई वितरण गरिएको थियो ।