आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

हराएको सपना-रोशनी गुरुङ

परदेशी खबर ८ असार २०७७, सोमबार १६:१३ मा प्रकाशित ( ३ साल अघि) २५१ पाठक संख्या

 

बर्षौ देखी

मेरो एकथान सपना हराएको छ

त्यसैले म खेतको आलिमा

हुर्किएको मेरो सपनाहरू खोज्दैछु।

आजभोलि साँझ पर्न थालेपछि
कान नजिकै आउने
झ्याउकीरीको आवाजले
मेरो बाल्यकाल आँखा अगाडि आउँछ

असारमा अविरल परेको
झरीको प्रवाह नगरी
धान रोप्न म खेतमा जान्थे

धानसँगै खेतको आली भरी
मनको रहरहरु रोप्थे

अनि
आकाशबाट झरेको झमझम झरीले
मेरा सपनाहरूमा पात लाग्थ्यो
र फलहरु लहलह झुल्थ्यो

कहिले हुर्किदै गरेको सपनाहरू
देखेर मख्ख पर्थे
कहिले हुर्किदै गरेको धानको
बाली देखेर मख्ख पर्थे

आजकल वर्षौंदेखि
मेरो एकथान सपना हराएको छ

त्यसैले म
खेतको आलीमा हुर्किएको
मेरो सपनाहरू खोज्दै छु

 

रोशनी गुरुङ