आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतले मगायो कोरोनाको औषधी

परदेशी खबर २३ जेष्ठ २०७७, शुक्रबार १६:५२ मा प्रकाशित ( ३ साल अघि) ३९७ पाठक संख्या

तोयानाथ उपेक्षित, कुवेत

जुन ५- सरकारले गत अप्रिल १९ मा जापानसँग युएनको अफिसमा गरेको एक संझौता बमोजिम कोरोना विरुद्धमा क्लिनिकल ट्रायलमा धेरै देशले प्रयोग गरिरहेको ड्रग्स लाई प्रयोग गर्ने भएको छ ।

फाभिपिराभिर नामको उक्त ड्रग्स जापानको मेडिकेसन डेप्लोभमेन्ट कम्पनी गिलेड साईन्सेस ले उत्पादन गरेको हो । कोरोनाको उपचारमा अहिले सम्मकै सहयोगी को रुपमा लिईएको उक्त औषधीलाई विश्वका धेरै देशहरुले प्रयागमा ल्याईरहेका छन । यस अघि अमेरिकाले क्लोरोक्वीईन ले कोभिड विरुद्ध काम गर्ने भनेर विश्वमा नै यसको खोजी र भण्डारण गर्न थालिएको थियो । जसलाई अमेरिकी राष्ट्रपति ट्रम्प स्वयमले सेवन गरेको बताएका थिए । डव्लु एच ओ क्लोरोक्वीन लाई रोक लगाई दिए पनि हाल आएर यसको सावधानिपूर्वक प्रयोग गर्न सकिने बताएको छ । मलेरिया रोगसँग सम्बन्धित यो औषधी ले पनि कोभिड रोकथाम मा सहयोग पुरयाउन सकिने विश्वास लिईएको छ । जापनद्धारा निर्मीत फाभिपिराभिर भने क्लोरोक्वीन भन्दा धेरै उपयोगी मानिएको छ ।

कुवेत को स्वास्थ्य मन्त्रालयका अनुसार फाभिपिराभिर अर्को साता कुवेत आईपुग्दैछ । कुवेतले कोभिड विरुद्धको लडाईमा सम्पूर्ण रुपले काम गरिरहेको सन्दर्भमा उक्त औषधी निक्कै प्रभावकारी हुने आशा गरिएको छ । कुवेतले हाल सम्म तीन लाख आठ हजार नौ सय जनाको पीसीआर टेस्ट गरिसकेको छ । यहाँ आजको मिती सम्म मा ३० हजार ६४४ पोजेटिभ केश छ भने रिकोभर हुनेको संख्या निक्कै राम्रो छ । १८ हजार २७७ जना ठिक भएका छन । अस्पतालमा हुनेको संख्या निको हुनेको भन्दा कम छ अर्थात १२ हजार १२३ जना मात्र उपचारार्थ छन तर मृत्यु हुनेको संख्या खाडी का अन्य देशको तुलनामा निक्कै माथि छ । जम्मा हाल सम्म २४४ ले ज्यान गुमाईसकेका छन ।

खोप विकाश का लागि दुनियामा निक्कै ठुलो होडबाजी चलिरहेको भए पनि अहिले सम्म कुनै देशले त्यसको विकाशमा सफलता पाएका छैनन तर उनीहरुले सफलता पाउनेमा आशा व्यक्त गरिरहेका छन । यसरी खोपको विकाश गर्नेमा चीन र बेलायतको नाम अगाडी आईरहेको छ । ईजरेल पनि उक्त प्रतिस्पर्धामा छ । जर्मनी ले पनि रोकथाममा निक्कै सफलता प्राप्त गरेको छ । ईबोला, एड्स, मलेरिया जस्ता कतिपय औषधीको कम्पोजिसनमा केही फेर बदल गरेर कयौ देशले कोभिड को चाप रोक्न कोशिष गरिरहेका छन । यसो त कोभिडको रोकथामको लागि सम्भव भएको भन्दै बंगलादेश लागायत धेरै देशले पनि दावी पेश गरिरहेका छन । नेपालको हेटौडा स्थित बनविज्ञान प्रयोगशलाले समेत कोभिड विरुद्ध विकाश गरेको औषधी लाई ट्रायल गर्ने अनुमती पाएको छ । जसलाई डब्लु एच ओ ले समेत चासो राखेको छ ।