आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

आरक्षण जातीय हुनुपर्छ कि वर्गीय ?

परदेशी खबर २१ जेष्ठ २०७७, बुधबार १७:०५ मा प्रकाशित ( ३ साल अघि) ३५७ पाठक संख्या

युबक राई, कुवेत 

जुन ३- नेपालमा बेलाबेला उठ्ने गरेको एउटा बहस आरक्षणलाई लिएर पनि हो। यसलाई लिएर दुई खालको धारणा छ। एक थरी भनिरहेका छ्न। आरक्षण सके खारेज गरौं । यदि दिनै पर्ने भए जातीयताको आधारमा हैन, वर्गीय ( धनी , मध्यम , गरिब तथा अति गरिब ) को आधारमा दिउ । किन भने आरक्षण पाउने ब्यक्तिले पाएको पदमा उ आफै योग्य हुदैन । त्यस्तो बिना कुनै प्रतिस्पर्धा आरक्षणको भरमै आएकोले समाजलाई कसरी सेवा गर्न सक्छ भन्ने छ। साथै जातीयताको आधारमा दिदा उसको जाति भित्रै कोहि निकै गरिब होलान् , जसको पहुँच आरक्षण पाउने जाच सम्म पनि पुग्ने हैसियत हुँदैन । तिनिहरु त जातीयताको आधारले पनि र वर्गीय आधारले पनि अझ तल पर्छ्न । तसर्थ आरक्षण जातीयताको आधारमा हैन वर्गको आधारमा हुनुपर्छ भन्ने छन।

भने अर्को थरिको भनाई छ। आरक्षण जातीयताकै आधारमा हुनुपर्छ , जसले यस देश एकीकरण गर्ने देखी प्रतेक परिबर्तनका आन्दोलनमा समान सहभागी भए र समाननै सहादत पनि गरे । तर जब राज्यको स्थाई सरकारी कुनैपनी खाले तहमा हाम्रो जातिको उपस्थिति एकदमै न्युन छ र तेस न्युनमा पनि तल्लो तहमा मात्र । तसर्थ देशको समान नागरिक हुने हो भने राज्यको प्रतेक निकायमा जसरी हुन्छ बराबरी सहभागी हुनु पाउनु पर्छ। र त्यसको लागी अहिले जातीय आरक्षण अति आवश्यक छ। साथै यदि खुल्ला प्रतिस्पर्धा बाट हामी लड्ने हो भने। उत्तर पुस्तिका बनाउने पनि एउटै जाति , जाच गर्ने पनि एउटै जाति भए पछि त्यहीँ जातिले त्यहीँ जातिलाई भाईचारा,आफन्तवाद , जातीय मानसिकताको आधारले हिनामिना वा छलकपट गरेर पास गराउछ्न। र अन्य जातिको जतिनै योग्यता वा राम्रो परिक्षा भए पनि राज्यको माथिल्लो निकायमा पुग्न सक्दैन। र केहि गरि पुगेभने पनि त्यहा भन्दा माथी जान दिदैन। त्यसको उदाहरण धेरै छ्न। तसर्थ अहिले आरक्षण जातीयनै हुनुपर्छ भन्ने भनाई राख्छ्न।

यसरी सरसरि हेर्दा एक हद सम्म दुबैको तर्क ठिकै पनि हो । तर एक पल्ट के नेपालमा मात्र आरक्षणको व्यवस्था छ वा अन्य देशमा पनि छ्न भन्ने हामीले बुझ्नुपर्ने हुन्छ। हाम्रै छिमेकी रास्ट्र भारत जो विश्वकै ठुलो लोकतान्त्रिक देश पनि हो। त्यहाँ पनि आर्मीमा बाहेक सबै स्तरमा जातीयताकै आधारमा आरक्षण दिईएको छ। तर बिरोध त्यहाँ पनि छ । विश्वकै शक्ति सम्पन्न मुलुक अमेरिकामा पनि त्यहाँका आदिवासी समुदायलाई विशेष आरक्षण छ। र अन्य देश त्यहीँ प्रकारको आरक्षणको व्यवस्था छ। यसरी हेर्दा आरक्षण भन्ने बिधि नराम्रो भने चाहिँ देखिदैन ।
र यो समाजको असन्तुष्ट , असन्तुलित जातिलाई एउटा बिशेष अधिकार दिएर रास्ट्र र समाजलाई समान बनाउने एउटा विकल्प पनि हो।

तर नेपालमा आरक्षण जातीयनै हुनुको बिशेष केहि कारण हरु चाहिँ केहो भने।

१) हाम्रो जस्तो देश जहाँ जातीयताको आधारमा समाजमा मान प्रतिस्ठा हुन्छ र जातैको कारण उ जतिनै योग्य भए पनि उ निचनै हुन्छ वा दरिद्रको व्यबहार गरिनाले।

२) नेपालको कुनैपनी कार्यलयमा तल पिउन देखि माथिल्लो हाकिम सम्म प्राय एउटै जातिको पाईन्छ। र तेहा अन्य कुनै जातिको भए तल्लो तहका कर्मचारीमात्र हुन्छन।

३) नेपालको सबै ठुला पार्टीहरुमा एउटै जाति मात्र सभापति वा अध्यक्ष छन। र मेजर टिममा पनि लगभग सबै एउटै जाति हुन्छन् ।

४)यि सबैभन्दा अझ ठुलो नेपालको सबैभन्दा ठुलो सम्मानित पद ( रास्ट्रपति,प्रधानमन्त्री , सभामुख , प्रधानन्यायाधीश , प्रहरी प्रमुख , आर्मी प्रमुखमा मात्र एउटै जाति मात्र छन।

यस्तो देशमा अन्य जातिलाई राज्यको प्रतेक स्थायी , अस्थायी तहमा जातीय आरक्षण नहुने हो भने । अन्य हेपिएका , पिछडिएका , तल्लो स्तरमा जारिएकाहरु अरु सयौं वर्ष यसरिनै जातीयताकै कारण राज्यको समान नागरिक हुन पाउदैनन् । तसर्थ अझ केहि दशक आरक्षण जातीयनै हुनुपर्छ । तर केहिले उनीहरुको योग्यता वा शिक्षानै हुँदैन कसरी आरक्षण पाउदैमा राज्यलाई प्रभावकारी सेवा दिन सक्छन् भन्नेहरू लाई। कुलमान घिसिङ , महावीर पुन, प्रदिप कुमार राई ( रास्टिय गानाको लेखक) , बसन्तकुमार नेम्बाङ , शेष घले ,विनोद चौधरी लगायतलाई हेर्न अनुरोध गर्नुपर्छ।