नवराज विश्वकर्मा लगायतको हत्याप्रकरणको निश्पक्ष छानबिनको माग गर्दै मुलबासी मंगोलहरु सडकमा उत्रिए

आकाश थामी, काठमाडौं
जेठ २० – रुकुम पश्चिम चौरजहारीमा भएको नवराज विश्वकर्मा लगायतको हत्याप्रकरणको निश्पक्ष छानबिनको माग गर्दै मंगोल नेशनल अर्गनाइजेसन–डा. गोपाल गुरुङ संगठनको केन्द्रीय सदस्य एवम् संञ्चार विभाग प्रमुख जीवन मंगोलको नेतृत्वमा हिजो जेठ १९ गते माईतिघर मण्डला, काठमाडौमा हत्याप्रकरण विरुद्धको शान्तिपूर्ण विरोध सभा सम्पन्न भएको छ । उक्त विरोध र्यालीमा मानवअधिकार लागू गर, हत्याप्रकरणको दोषिलाई कारबाई गर, नस्लिय विभेद बन्द गर, मुलवासी मंगोल एक हौ, रङगविभेद अन्त गर भन्ने जस्ता नारा लगाइएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य जीवन मंगोल र तीन नम्बर प्रदेश प्रमुख सेरप तामाङले मन्तब्य राखेका थिए । कार्यक्रममा दोलखा,सोलुखम्बु,खोटाङ, काब्रे र काठमाडौं लगायतका जिल्ला अध्यक्ष सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
« युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६३५, संक्रमित संख्या ३५,१९२ र संक्रमित २ जनाको मृत्यु (Previous News)
(Next News) कुवेतमा कोरोना संक्रमनबाट २८ हजार ६४९ सङ्क्रमित, ८८७ नयाँ संक्रमित, ६ जनाको मृत्यु (अपडेट) »