आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

भारत बिरूद्ध दर्जनाैं कलाकारकाे खबरदारी “हाम्रो भूमि फिर्ता गर” (भिडियो सहित)

परदेशी खबर १२ जेष्ठ २०७७, सोमबार ०३:१९ मा प्रकाशित ( ३ साल अघि) ७६७ पाठक संख्या

काठमाडौ । यतिबेला बिश्व समुदाय सामुहिक रुपमा कोरोना भाइरसको महामारीसँग लड्दै गर्दा विश्व कसरी यो महामारीबाट बच्ने भन्ने चिन्ताबाट गुज्रदै गर्दा याे समयमा नेपाली भुमिमा भारतले सडक निर्माण गरे सङ्गै नेपालिले आफ्नो छाती मिचिएको महशुस गरिरहेका छन् । भारतले नेपालको स्वीकृति बिनै भुमि मिचेर बाटो बनाएपछि बिश्वमा रहेका अधिकांश नेपालीले आफ्नै तवरले विरोध गरिरहेका छन् ।

सबै नेपालीले विभिन्न माध्यम बाट बिरोध गर्ने क्रममा गीत संगीत क्रमिहरूले पनि गीत संगीतको माध्याम बाट घोर बिरोध गरि रहेका छन यसै क्रममा चर्चित गायक नेत्र भण्डारिले हाम्रो भुमि फिर्ता गर बाेलकाे गीत सार्वजनिक गरेका छन। गीतमा भारतले मिचेका सबै सिमा फिर्ता गर, तेरा सेना फिर्ता गर ,परे हाम्रो ज्या’न ब’लि दिन्छौं हाटेर लडने हैन डटेर लड्छौ खुकुरिको भरमा, न सोच ख्याल जस्ता उत्कृष्ट शब्दहरूले गीतलाई सजाएको छ ।

नेत्र भण्डारि, कृष्ण के.सी., मिना लामा, सिता के.सी. को स्वरमा सजिएको गीतको निकै उत्कृष्ट सब्द सिर्जना प्रेम कटवालको रहेको छ भने गीतमा नेत्र भण्डारी र कृष्ण के.सी. ले लय भरेका छन।गीतको म्युजिक भिडियो मा चर्चित कलाकार हरूको अभिनय रहेको छ। आफ्नो पहिचान सहित स्वाभिमान बोकेका नेपालीहरुका लागि नक्सामा भएको जमीन फिर्ता गर्न एक जुट हुन जरुरी रहेको छ । त्यसैले यो गित सम्पुर्ण नेपालीको लागि हौशला र उत्प्रेरणा हुन सक्छ लाइक कमेन्ट शेयर गरिदिनु होला ।भिडियो हेर्न तल क्लिक गर्नु होला ।

हेर्नुहाेस् भिडियाे