अमेरिकी दुस्प्रचार साकार हुन दिदैन – चीन

तोयानाथ उपेक्षित, कुवेत
मे २४- आजै बेईजिंगमा त्यहाँका परराष्ट्र मन्त्री वांङ्ग यी ले एक पत्रकार सम्मेलन गर्दै अमेरिकी दुस्प्रचारको कडा शव्दमा खण्डन गरेको समाचार विश्व भरका मिडियाका शिर्ष खबर बनेर छाएका छन ।
उनले भनेका छन चीनका विरुद्धमा उछालिएका मुद्धाहरु को कुनै तथ्यगत आधार छैन । उनले भने चीन आफै कोभिड १९ बाट प्रताडित देश हो जसरी अरु देशहरु पनि छन । तर अमेरिका र तीनका मिडियाहरु दोष चीनलाई लगाएर गलत मनशायका प्रचार गर्न थाकेका छैनन । पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री वांङ्ग यी ले भने जसरी संसारलाई कोरोना भाईरसले सताई रहेको छ त्यसरी नै चीनलाई राजनैतिक भाईरसले सताई रहेको छ जुन अमेरिकाबाट संसारभर फैलाईदो छ । जसले हरेक क्षेत्रमा मौका पाउने वितिकै आक्रमण गरिरहेको छ ।
केही अमेरिकन नेताहरु बेपर्वाहा विना तथ्य प्रसस्तै बनावटी कुरा गरेर दुनियामा भ्रम छर्न व्यस्त छन । यस्ता बेतुक र तथ्यहिन कुराहरु गरेर अन्तराष्ट्रिय समुदायको ध्यान मोड्ने, मानविय संकट माथि गंभिर नहुने र राजनितीकरण गर्ने कुरा राम्रो होईन र यो न्यायीक पछि छैन चीनी विदेश मन्त्रीले भने । चीन यस्तो अर्नगल विषयहरु का पछि नलागेर राम्रा दिनको सपना मा काम गर्दछ । जसले मानविय संकटको सामना गर्न र संकटमा परेका देशहरुको सहयोगी बनेर तिनको साथ दिन लागि रहन्छ ।
- अमेरिकाले कोभिड १९ लाई चाईना भाईरस भन्दै उसका विरुद्धमा अन्तराष्ट्रिय जगतलाई उभ्याउने र चीनलाई एक्ल्याउने दुस्प्रचारका बीच चीनले आज पत्रकार सम्मेलन गर्दै त्यसप्रकारका प्रचारबाजीका विरुद्ध जवाफ दिएको हो ।