आज: ६ चैत्र २०८०, मंगलवार | Tue, 19, Mar, 2024
FLASH NEWS

सरकार तिमी यस्तै साहसिक (बोल्ड) निर्णय गर्दै जाउ।पुरा देश र जनता तिम्रो साथमा हुनेछन्

परदेशी खबर १० जेष्ठ २०७७, शनिबार ०६:३८ मा प्रकाशित ( ३ साल अघि) ४३८ पाठक संख्या

युबक राई, कुवेत

मे २३- जब भारतीय राजनीतिमा एकाएक भाजपाको प्रष्ट बहुमत आयो र मोदि राजको उदय भयो। सम्पुर्ण भारतले भाजपा वा मोदी सरकार बाट निकै ठुलो आश गरेका थिए । नभन्दै मोदि सरकारले यस्तो यस्तो साहसीक निर्णय शान्तिपूर्ण रुपमा गरेर देखाई दियो कि पुरा विश्व अचम्मित भयो। जस्तै विश्वकै दोस्रो ठुलो जनसंख्या भएको मुलुक जसको अर्थतन्त्रले कयौं मुलुकहरूलाई प्रत्यक्ष प्रभावित पार्छ। त्यस्तै मुलुकले रातारात पाँच सय र हजारको नोटबन्दी गरेर एउटा नयाँ तरंग लाई दियो। त्यस्तै अर्को सयौं बर्ष देखिको बिबादास्पद बाबरी मस्दिजको पेन्डिङ केशलाई कुनै धार्मिक लडाइँ नगराई हल गर्‍यो । अझ जम्मु कस्मिरलाई एक देश एक संविधान भन्ने धारा अनुसार केन्द्रीय सरकारको मातहतमा ल्याइ लदाखलाई छुट्टै राज्य बनाउदा धेरै जसो भारतीयले मोदी सरकारलाई जयजयकार गरे। नभन्दै मोदी सरकार बाट जनताको अपेक्षा पनि यहीँ थियो ।

त्यस्तै जब नेपालमा पनि दुई ठुला कम्युनिस्ट पार्टी ( माओवादी र एमाले ) एक भै चुनाव बाट झन्डै दुई तिहाई ल्याउदा । सम्पुर्ण नेपालीहरुमा पनि भारतले जस्तै साहसिक (बोल्ड) निर्णय गर्नेछ र कयौं बर्ष देखिको नेपालको खिया लागेको ब्यबस्थालाई परिबर्तन गरेर नयाँ युगमा लानेछ भन्नेमा धेरैले आशा गरेका थिए। त्यहीँ अनुरुप झण्डै दुई तिहाई नजिकको सरकारले यातायातको सिन्डिकेट हटाउने साहसिक निर्णय गर्यो। तर विडम्बना यातायात व्यावसायिहरुको केही दिनको बिरोध र धर्ना ले सरकार पछि हट्यो। त्यस पछि फेरि नेपालका सरकारी कर्मचारी सहर,सुबिधा,सहज केन्द्रित भए जसको कारण समग्र नेपाल एकैनासले बिकास हुन सकिरहेको छैन र जनताले सुबिधा पाईरहेका छैनन् तसर्थ सरकारको तलब खाने जोकोही कर्मचारी पनि सरकारले खटाए बमोजिम देशको कुनैपनि भूगोल मा जानू पर्ने निर्णय गर्‍यो । तर यसमा पनि कर्मचारीले केहि दिन बिरोध र धर्ना गरे सरकार फेरि पनि पछि हट्यो। त्यसरीनै कयौं स्वास्थ्य , शिक्षा , रोजगारीको क्षेत्रमा निर्णय गर्दै गयो, त्यस सम्बन्धित कर्मचारीले आन्दोलन गरे सरकार पछि हट्दै गयो। र इतिहासकै ठुलो सरकार , सबैभन्दा बढी आलोचित , अलोकपि्रय र अबिस्वास्लो बन्यो । जनता आफै बिद्रोह गर्ने मानसिकताबाट सामाजिक संजाल लगायत विभिन्न बौद्धिक ब्यक्ति ,संघसंगठन , मिडिया बाट आक्रोश तीब्र पार्न थाले।

यो आक्रोश एक प्रकारले जायज पनि थियो । जहाँ नजानिदो तवरले भ्रस्टाचार यसरी मौलाउदै थियो कि। एक पछि अर्को गरेर लगातार ठुलाठुला भ्रष्टाचार आउन थाल्यो । र देशमा पलाएको एउटा ठुलो आशा बिस्तारै निभ्न थाल्यो। त्यहीँ बिचमा विश्वलाई झुकाउने नोबेल कोरोना देखा पर्यो। जसमा पनि दुई तिहाई सरकारको आलोचना तिब्रै भैरहेको थियो। तर कसैले नसोचेको , अकल्पनीय यस्तो निर्णय सरकारले गर्‍यो कि नेपालमा मात्र नभएर नेपाल सङ सम्बन्ध वा जानकार राख्ने अन्य देश वा ब्यक्तिलाई ठुलो नसोचेको निर्णय एकाएक जानकारीमा आयो । त्यो के थियो भने कयौं बर्ष देखी भारतले बिबादास्पद बनाई राखेको नेपाली भुमिलाई नेपाल सरकारले आफ्नो पूरा प्रमाण पुर्याएर आफ्नो नक्सामा उतार्यो। जसको मतलब थियो हिजो सम्म नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग किलोमिटर थियो । तर एकाएक यो नक्सा पछि नेपालको पूरा क्षेत्रफल १४७५१६ वर्ग किलोमिटर हुन पुग्यो । र , यो सरकारको निर्णयलाई पूरा देश र जनताले गौरवको साथ समर्थन गरे। नभन्दै यो दुई तिहाई सरकारको यो बोल्ड निर्णय सबैले आशा गरे अनुरुप भन्दा बढी पाएको भनेर पूरा विश्वभर छरिएर रहेका नेपालीले खुशी मनाई साथ दिरहेका छन। अब आउने कुनैपनी प्रकारको समस्यामा हामी सरकारको साथ छौँ भन्ने नारा पनि बाकुलै सुन्न थालिएको छ।हो हामी जनताले पनि चाहेको यस्तै साहसिक ( बोल्ड ) निर्णय हो। जसले देश नयाँ युगमा जान सकोस। जहाँ नेपाली नेपाली भएर बाच्न सकोस।