आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ९९४, संक्रमित संख्या २७,८९२ र संक्रमित ४ जनाको मृत्यु

परदेशी खबर ९ जेष्ठ २०७७, शुक्रबार २०:१२ मा प्रकाशित ( ३ साल अघि) ५६ पाठक संख्या

मानु कोन्मे तमु/ युएई – युएईको  स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ५०,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच परिक्षण गरेको परिणाम अनुसार  बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट  २०२० मे २२  तारिख शुक्रबार  ९९४ जना नयाँ संक्रमितको पुष्टि भएको  छ। संक्रमित सबै स्थिर अवस्थमा रहेको छ। नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या २७,८९२  जना पुगेको छ। 

युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् १,०४३ जना पुर्णरुपमा निको भएका छन।हाल सम्म उपचार पश्चात् संक्रमित भएका १३,७९८ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार गराइ रहेका थप ४ जनाको मृत्यु भएको छ । मृत्यु भएका पहिलेको दीर्घकालीन रोग बाट ग्रासित भएका कारणले मृत्यु भएको हो। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २४१ जना पुगेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको  छ। 

युएईको आधिकारिक कोविड – १९  परीक्षण र सम्पर्क ट्रेसि  app AL HOSN UAE   डाउनलोड गर्न  मानिसहरूलाई प्रोत्साहित गर्न मन्त्रालयले देशव्यापी अभियान पनि सुरु गरेको छ। यो अनुप्रयोगले बासिन्दाहरूलाई तिनीहरूको परीक्षण परिणामहरू र स्वास्थ्य कलर कोडिंग प्रणालीमा पहुँच प्रदान गर्दछ ! जसले कोभिड – १९ कोरोना भाइरस  बाट मुक्त भएका व्यक्तिहरूलाई सार्वजनिक स्थानहरूमा जानको लागी अनुमति दिनेछ।

युएई सरकारले  इदको बिदामा घरमै बस्न,जिम्मेवारी बन्न ,कसैको घरमा नजान र पारिवारिक जमघट बाट अलग रहन आग्रह गरेको  छ। यदि निर्देशन लाई उल्लंघन गरिएको  खण्डमा जरिवाना लाग्ने भएको छ। युएई सरकारले जनतालाई स्वास्थ्य अधिकारीहरुसँग सहकार्य गर्न र सबै सावधानीका उपायहरू, विशेष गरी सामाजिक दूरी प्रोटोकलहरूको पालना गर्न आम जनताको सुरक्षा र सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ।