तोयानाथ उपेक्षित, कुवेत
मे २१- ईतिहास सधै एकनासको हुदैन । अनि ऐतिहासिक घडीहरु सधै एकै प्रकारका हुदैनन । नाकाबन्दीको हुँकारबाट उदाएका ओली आफ्नै पार्टीको राजनैतिक दाउपेचबाट अवसानको बाटोमा पुग्नै लाग्दा यसरी व्युतिएका छन अब उनको विपक्षमा नेपालमा कुनै पार्टी र कुनै जाति छैनन । उनी राष्ट्रिय एकताका ऐतिहासिक नायक बनेका छन । यो राष्ट्रियताको मुद्धामा खरो उत्रिरहेका प्रम ओली ले त्यसको रक्षा कसरी गर्ने हुन त्यो भने हेर्न बाकी नै छ ।
नाकाबन्दीमा भारतलाई उनको चट्टानी अडान ले घुडा टेकाई दिए पछि उनको पक्षमा राष्ट्रियताको लहर उर्लियो त्यसमा पनि दुई ठुला कम्युनिष्ट पार्टी मिले पछि लगभग दुई तिहाई मत आयो र त्यसलाई ओलीले नेतृत्व दिईरहेका छन । ओली सरकार गिराउन यसबीच आफ्नै पार्टी सवै भन्दा सशक्त रुपमा विभाजित मतका साथ उभियो र ओलीले गरेका सवै राम्रा कामहरु ओझेलमा परे । नराम्रा कामको अतिरन्जित प्रचारले ओली सरकार अलोकप्रिय बन्दै गयो । आफ्नो पार्टीको एउटा ठुलो पंक्ति निरन्तर ओली सरकार गिराउने खेलमा सामेल हुदा सरकारको सरकार जहिले पनि डिफेन्सिभ भएर चलिरहेको थियो । ओली ले यसै कारण पनि सरकारका राम्रा काम नदेख्ने भन्दै पत्रकारहरुलाई मुटु नभएका सम्पादक पनि भनिदिए ।
भारतले हडपेको लिम्पियाधुरा, लिपुलेख र कालापानीको विषयमा भारतले नेपाललाई झनै वेवास्ता गर्दै अगाडी बढिरहदा सरकार मर्ता है तो क्या नहि कर्ताको अवस्थामा पुग्यो र भारतले नेपालका कुटनैतिक आग्रह र नोटहरुलाई ट्वाईलेट पेपर बनाउदै आएको ईतिहास देखि बर्तमान सम्मको हेपाहा प्रबृतीको एकमुष्ट जवाफ अहिले आएर ओली सरकारले दिए पछि संसारभर खैलाबैला मच्चिएको छ । भारतले सोच्दै नसोचेको हिम्मत ओलीले देखाएको पत्याएको छैन । उसले फेरी नेपाललाई होच्याउन चाईनालाइ मुछन थालेको छ । तर अव ईतिहासमा नेपालको गुमेको भुभाग दर्ज भईसकेको छ । भोलीका दिनमा कुनै पनि सरकारले हाल जारी भएको नक्साको भुभाग भारतलाई छाड्न सक्ने छैनन । यसमा सवै नेपाली खुशी छन । बिपक्षले पनि दरो साथ दिएको छ । पूर्वराजा के पञ्चहरु के, सवै नेपाली ले ईतिहासमा नै नभएको एकता र दम्भ प्रर्दशन गर्दै ओलीलाई साथ दिएका छन ।
भारतिय मिडियाहरु यतिबेला कलाकार मनिशा कोईरालाको ट्वीटमा राईलो गरिरहेका छन । तिनका अभिव्याक्तिलाई कमल थापाले पित पत्रकारिता भनिदिए । कांग्रेस नेता मिनेन्द्र रिजालसँग भारतिय मिडियाले गरेको सवालमा मुहतोड जवाफ दिदै उनले नेपाली सम्प्रभुता र नेपाली जनताको सम्मान गरेर बोल्न सिक भन्दा कार्यक्रम प्रस्तोता को बोली लरबरायो । उनले भने मेरो पाटी अलग हो । हाम्रा मतभिन्नता धेरै छन तर हाम्रो भुमीको सवालमा म र मेरो पार्टी प्रधानमन्त्रीको साथमा छौ उनले भने ।
यसरी नै सदन देखि सडक सम्म नेपाल सरकारको कदमलाई सवैले स्यावासी दिएका छन । संसारभर हलचल पैदा गर्ने नेपाल सरकारको साहस देखेर जी न्युजले नेपाललाई घुमाउरो शैलीमा धम्कि दिएको छ । उसले नेपाललाई भारतसँग आर्थिक, व्यापारीक, सामरिक र भौगोलीक अवस्थाको भिन्नताको तथ्यांक प्रस्तुत गर्दै नेपाल केही होईन भनेर होच्याउदै समाचार प्रसारण गरेको छ । उसले चिनको साथ पाएको खण्डमा मात्र नेपाल को हात माथि पर्ने भन्दै चिनलाई समेत यसमामलामा जवरजस्ती तान्न खोजेको देखिन्छ । यति नै बेला पाकिस्तानी मिडियाले भने भारतको खिल्ली उडाउदै समाचारहरु प्रसारण गरेका छन ।
नेपालको यो राष्ट्रियताको मुद्धालाई राजनैतिक लाभ हानीका हिसावले स्वयम प्रमको पार्टीले प्रचार गर्न हुदैन । यो उपलब्धि राष्ट्रिय एकताको जगमा प्राप्त भएको छ । जुनसुकै पार्टीको बहुमत को सरकार वा स्थिर सरकार हुदा विदेशीहरुलाई खेल्ने मौका नमिल्दो रहेछ भन्ने पनि यो मुद्धा अर्को गतिलो सन्देश हो ।
भारत सजिलै नेपालको हडपेको भूमी छाड्न तयार हुने देखिन्दैन । यसको मतलब के हो भने आउदा दिनहरु झनै चुनौतीपूर्ण हुनेछन । ओलीको भौतिक शरिर पनि उसको निशानामा हुन सक्नेछ । सम्भव भए सम्म ओली सत्ता ढाल्ने खेलमा भारत खुलेर लाग्ने छ यसो हुदा अहिले सवैले देखाएको एकता क्षणिक नभैदियोस । यसको किनारा नलागे सम्म सवैको साथ ओलिलाई चाहिन्छ । नत्र देश अरु कमजोर हुनेछ । सरकारले सवैलाई विश्वासमा लिदै एक मन्त्र एक तन्त्रको रुपमा सार्वभौमिकताको जगमा गोलबद्ध बनिरहन जरुरी छ । नेपालका सूचना बेच्नेहरुको पहिचान, लैनचौरको सम्बन्धमा निगरानी राखेर भारतलाई खेल्न र खडयन्त्र गर्नबाट खबरदारी गर्न जरुरी छ ।