आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

हिमालयन शेर्पा युनिक ग्रुपको आयोजनामा इराकमा ग्याल्पो  ल्होछार मनाउदै 

परदेशी खबर १ फाल्गुन २०७६, बिहीबार ०४:०७ मा प्रकाशित ( ४ साल अघि) ३२४ पाठक संख्या

फेब्रुअरी १२,इराक – हिमालयन शेर्पा युनिक ग्रुपले २१४७ औं च्या”फो,जिवा ल्हो अर्थात् (मुसा वर्ष) ग्याल्पो ल्होछार कार्यक्रम आगामी फेब्रुअरी २८ तारिख शुक्रबारको दिन गर्ने भएको छ ।
नेपालीहरुले प्रवासमा रहेर पनि आ-आफ्नो जातीय अनुसारको हरेक चाडहरु मान्दै आएको छ। कुर्दिस्तान इराकको सुलेमानिय स्थित सर्चिनारको कुर्दोनिया हलमा नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका चर्चित गायक तथा मोडेल दुर्गेश थापा र चर्चित सेलो गायक तेम्बो लामाको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेगरि हिमालयन शेर्पा युनिक ग्रुपको दोस्रो प्रस्तुति स्वरुप सास्कृतिक कार्यक्रम गर्न लागेको आयोजकले परदेशी खबरलाई जानकारी दिएको छ।
आफ्नो धर्म सस्कार र सस्कृतिलाइ जोगाउन मात्र नभई इराक भरी छरिएर बस्नु भएको सम्पुर्ण नेपालीहरुलाइ मनोरञ्जन दिने हिसाबले सबैलाई चुलो निम्तो समेत गरिएको आयोजकले बताए ।
विभिन्न स्थान बाट पाल्नु हुने सम्पुर्ण नेपालीहरुलाई कार्यक्रम स्थान सम्म जन आउनको लागि नेपाली भेटाघाट पार्क देखि बसको ब्यबस्था रहेको र बिहान १० बजे देखि बेलुका ६ बजे सम्म मनोरञ्जन दिने कार्यक्रम व्यवस्थापक तथा संयोजकले बताउदै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समेत बताए।