खोटाङ बराहपोखरीमा “प्रथम शुक्र स्मृति खुल्ला वडा स्तरीय भलिबल खेल सम्पन्न

परदेशी खबर

डिसेम्बर २९, खोटाङ – खोटाङ बराहपोखरी गाउँपालिका वडा नं.२ सुन्तलेमा शुक्र राना मगरको “प्रथम शुक्र स्मृतिमा खुल्ला वडा स्तरीय भलिबल खेल सम्पन्न भएको छ ।मगर खोटाङ् जिल्ला स्तरीय खेलाडीहरु मध्ये एक कुसल खेलाडी थिए। सानै उमेरदेखि भलिबलमा सक्रिय रहेका उनले जिल्लामा भएका जिल्ला स्तरीय खेलहरुमा सहभागी भइ धेरै खेलहरु जितेका थिए ।

जिल्लाका विभिन्न ठाउँहरुमा खेल खेलेका उनलाई जिल्लामा निकै चर्तित खेलाडीको रुपमा पनि चिनिन्थ्यो। शारीरिकरुपमा थोरै होचो भएपनि खेल खेल्नमा भने एकदमै राम्रो थियो । मगर सामेल भएका खेलहरु प्राय सधै जित्ने गर्थ्यो । लामो समयसम्म खेल खेल्दै आएका मगर केहि वर्ष अगाडी रोजगारीको सिलसिलामा विदेश गएर आएक थिए । त्यसपछि घरमै बस्दै आएका मगर अचानक आफ्नै निवासमा ज्वरोका कारण निधन भएको थियो l वडा नं.२ सुन्तले निवासी गंगा बहादुर राना मगरको छोरा शुक्र राना मगर गतवर्ष पुस २४ गतेका दिन आफ्नै घरमा सामान्य ज्वरोका कारण मगरको निधन भएका थिए । मगरको पहिलो स्मृति दिवसको अवसरमा आयोजना गरिएको यस खेलमा विभिन्न ठाउँका मानिसहरुको बाग्लो उपस्थिति रहेको थियो।

उक्त प्रतियोगितामा “प्रथम शुक्र स्मृति भलिबल”को उपाधि आयोजक ए टिमले जितेका छन् । बराहपोखरी गाउँपालिका वडा नं.२ सुन्तलेमा शुक्र राना मगरको “प्रथम स्मृतिमा खुल्ला वडा स्तरीय पुरुष भलिबलको उपाधि नं.२ सुन्तले आयोजक ए टिमले जितेका हुन् ।
बुधबारदेखि सुरु भएको खेलमा त्रियुगा न.पा.१५ उदयपुरलाई पराजित गर्दै आयोजक ए टिम उपाधि जित्न सफल भएका हुन् । यससँगै त्रियुगा न.पा.१५ उदयपुरले द्धितीयमा उपाधि विजेता आयोजकले ३० हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र पाएका छन् भने उपविजेता उदयपुरले २० हजार नगद सहित शिल मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तैगरी तृतीय बराहपोखरी गाउँपालिका वडा नं. ४ फाक्टाङ् ए भएका छन् । फाक्टाङ् ए ले १० हजार नगदसहित शिल मेडल र प्रमाणपत्र पाएका छन् ।


महिला भलिबल तर्फमा भने आयोजक ए टिमले नै उपाधि जितेका छन् । बराहपोखरी गाउँपालिका वडा नं. ३ साउनेचउरलाई पराजित गर्दै उपाधि जित्न सफल भएका हुन् । विजेताले १५ हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र पाएका छन् भने उपविजेताले १० हजारसहित शिल, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तैगरी तृतीय भएका बराहपोखरी गाउँपालिका वडा नं. ४ फाक्टाङ् ए ले ५ हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र पाएका छन् ।
लोकदोहोरीमा भने बराहपोखरी गाउँपालिका वडा नं. ४ फाक्टाङ् ए प्रथम भएका छन् । आयोजक ए द्धितीय भएका छन् भने आयोजक सी नै तृतीय भएका छन् । प्रथमले ५ हजार नगदसहित शिल मेडल र प्रमाणपत्र भएका छन् भने द्धितीयले ३ र तृतीयले २ हजार नगदसहित शिल मेडल र प्रमाणपत्र पाएका छन् ।


उक्त विजेता खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जारा र उपाध्यक्ष गोमा मगरले वितरण गरेकी थिइन ।






Related Posts
  • कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज
  • राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान
  • मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने
  • २४ घण्टामा ४ हजार ७ जनाले जिते कोरोना
  • रमादान बिशेष अनलाइन धमाका #अलमुजैनि सधै तपाइको नजिक #Almuzaini always near U

    पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा बिगत दुई महिना देखिको जारी कर्फ़्यू ईदको पहिलो दिनदेखि खारेज

    राष्ट्रपतिलाई नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्न ३ दलको आह्वान

    मन्त्रिपरिषद्को निर्णय प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने

    बिजनेष

    बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस