आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न

परदेशी खबर १५ मंसिर २०७६, आईतवार ०७:४१ मा प्रकाशित ( ४ साल अघि) ५७० पाठक संख्या


कतार, डिसेम्बर १ । किरात राई यायोक्खा शाखा कतारले एक बिशेष कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय श्रम संगठन ( आइ एल ओ ) कतारका प्रतिनिधि सदस्य नियामा राईसंग भेटघाट तथा परिचयत्मक कार्यक्रम गरेको छ । मिति २९ नोभेम्बर २०१९ शुक्रबारका दिन संस्थाका अध्यक्ष बिमल राई ज्युको अध्यक्षतामा आइ एल ओ सदस्य नियामा राई ज्युको बिशेष आतिथ्यमा संस्थाका प्रमुख सल्लाहकार एकराज राई, बिशेष सल्लाहकार अमृत कुमार राई, पुर्व अध्यक्ष एवम् सल्लाहकार धिरज चाम्लिङ राई, सल्लाहकारहरु तीर्थ संगम राई, देवराज राई, रविन राई, हिराधन राई साथै संस्थाका कार्यसमिति पदाधिकारीहरुको उपस्थितिमा दोहा स्थित द गोर्खा रेष्टुरेन्टमा सम्पन्न भयो ।


कार्यक्रममा उपस्थित संस्थाका सदस्यहरु लगायत बिशेष अतिथि बिच परिचयात्मक कार्यक्रम गरी शुरुवात गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष बिमल राईले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै संस्थाको स्थापनाकाल देखि भए गरेका गतिविधिहरु संक्षिप्त रुपमा जानकारी गराए । कार्यक्रमका बिशेष अथितिको रुपमा पाल्नुभएका नियामा राई ज्युले बोल्नुहुदै बैदेशिक रोजगारको शिलसिलामा प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म, संस्कार, सँस्कृति र समुदाय प्रति लगाब राखी विभिन्न गतिविधि र महत्वपुर्ण कार्यक्रमहरु गर्दै आएकोमा किराया शाखा कतारको मुक्त कण्ठले प्रसंसा गरे । अध्यायन तथा कामको शिलसिलामा भौगोलिक हिसाबले टाढा रहेता पनि आफु आफ्नो भाषा, धर्म, सँस्कार र सँस्कृति प्रति त्यति नजिक रहन नसके पनि उतिकै चासो र रुची रहेको बताउदै किराया शाखा कतारसंग भेट्न पाउदा अत्यन्तै खुशी ब्यक्त गरे । बिगत डेड बर्ष देखि अन्तरराष्ट्रिय श्रम संगठन ( आइ एल ओ ) कतारसंग संबद्ध भएर काम गरिरहेका राईले श्रमिकहरुको हकहितका बारेमा पनि संक्षिप्त जानकारी दिदै किराया शाखा कतारको आगामी हरेक कार्यक्रम तथा गतिबिधिमा यथाशक्य उपस्थिति हुने समेत बताए ।
किराया शाखा कतारका अध्यक्षले संस्थाले प्रकाशनमा ल्याएको संस्थागत स्मारिका पुस्तिका नियामा कार्यक्रमका बिशेष अतिथि नियामा राईलाई हस्तान्तरण गरे भने संस्थाका सल्लाहकार तथा रेगीस्तानी कवि तीर्थ संगम राईद्वारा प्रकाशित चर्चित लेखक एवम् कवि राजन मुकारुङद्धारा लिखित साहित्यीक कृती हाटा जाने रात रेगीस्तानी कवि स्वयम्ले हस्तान्तरण गरे ।
संस्थाका पुर्व अध्यक्षद्धय प्रमुख सल्लाहकार एक राज राई र सल्लाहकार धिरज चाम्लिङ राई ज्युले अन्तरराष्ट्रिय स्तरका उच्च पदस्थ आफ्नो समुदायका बिशिष्ट ब्यक्तिसंग साक्षात्कार गर्न पाउदा गर्व महसुस भएको जनाउदै आफ्नो समुदायगत संस्थासंग जोडिएर आगामी दिनहरुमा हातेमालो गर्दै अगाडी जान पाए अझ प्रभावकारी हुने र लाभदायी हुने बताए । त्यसै गरी नेपाल प्रवासी आदिबासी जनजाती महसंघ कतारका निवर्तमान अध्यक्ष तथा संस्थाका सल्लाहकार देवराज राई ज्युले समुदायका अन्तर्राष्ट्रिय स्तरका यस्ता उच्च पदस्त ब्यक्तिहरुको जिवनी र सफलता सबैका लागि राम्रो ज्ञान तथा पाठ हुने बताए भने अर्का सल्लाहकार तथा रेगीस्तानी कवि तीर्थ संगम राई ज्युले समुदायका कुनै पनि ब्यक्तिले आफ्नो ब्यक्तिगत सफलतासंगै आफ्नो संस्कार, सँस्कृति, पहिचान र समुदायलाई कहिल्यै भुल्न नहुने बताए ।
अन्त्यमा, कार्यक्रमका अध्यक्षद्धारा छोटो समय कार्य ब्यस्तताका बावजुद पनि संस्थाले गरेको निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनुभएका बिशेष अतिथिलाई हार्दिक धन्यवाद दिदै आगामी दिनहरुमा पनि संस्था र समुदायसंग जोडिएर रहन आग्राह गर्दै वहाँको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरे र उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गरे ।
शंकरमान राई
महासचिव
किराया शाखा कतार ।