आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

परदेशी खबर २९ भाद्र २०७६, आईतवार १२:२१ मा प्रकाशित ( ४ साल अघि) ३२२ पाठक संख्या

सेप्टेम्बर १४, युएई l नेपालमा परम्परागत चल्दै आएको नेवारहरुको कला, संस्कृति भाषा , रितिरिवाज र चाडपर्वहरुको संरक्षण गर्दै जाने उदेश्य ले नेवा: पुच: युएईले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यसै क्रममा हिजो १३ सेप्टेम्बर २०१९ शुक्रबार युएईको अवुधाबी स्थित लाईफ़ लाईन हस्पिटलको हलमा नेवा: पुच: युएईको आव्हानमा पुच: का केन्द्रीय सदस्य एवम् अवुधाबी क्षेत्रीय अध्यक्ष सुनिलमान श्रेष्ठको संयोजकत्वमा युएईमा रहेका नेवारहरुलाई भेला गराई बिभिन्न नेवारी परिकार सहित समयबजी द्वँ,हाका द्य ( श्वेत भैरव) को प्रतिमा तयार गरी उपस्थित सबैजनालाई जल प्रसाद श्रवण गराईनु का साथै बिभिन्न मनोरञ्जनात्मक नेवारी गीत संगित ,नृत्यहरु प्रस्तुत गरी येंया पुन्ही कार्यक्रम भव्यरुपमा मनाएको छ।


कार्यक्रममा अवुधाबी क्षेत्रीय कमिटीका सचिब राजेश श्रेष्ठले स्वागत मन्तव्य सहित संचालन गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित सबै जनालाई संयोजक सुनिलमान श्रेष्ठले स्लाईड शो सहित इन्द्रजात्रा को बारेमा जानकारी गराउनु भएको थियो।
केन्द्रीय पदाधिकारीहरु प्रमोद श्रेष्ठ, बीरेन्द्र कुमार नकर्मी , प्रज्वल श्रेष्ठ, भिमनारायण श्रेष्ठ, भुवन नकर्मी , नविना शाक्य , हिमालयश्वरी श्रेष्ठ तथा क्षेत्रिय पदाधिकारीहरु, सहित करिब ६० जना को उपस्थिती रहेको थियो।
नेवा:पुच: युएई तथा नेपाल आदिवासी जनजाती महासंघ युएईका महासचिब कुमार बलामीले जानकारी दिनु भए अनुसार कार्यक्रमको महत्वपुर्ण पक्ष मध्ये भुवन नकर्मीले डिजाईन गरी तयार गर्नु भएको श्वेत भैरव हाका द्य को प्रतिमा को मुख बाट निस्केको जल प्रसाद श्रवण गर्न पाएकोमा सबैले साँच्चिकै नेवारीपनको रौनकता थपेको महशुस गरेको रोचक पक्षले झन कार्यक्रमको शोभा बढेको थियो भने सुष्मिता श्रेष्ठ र अवनी श्रेष्ठको आकर्षक नृत्य तथा पवल श्रेष्ठको सुमधुर स्वर अभिनव नकर्मीको संगित प्रस्तुतीले कार्यक्रम निकै रोमाञ्चक बनेको थियो।


एल एल हस्पिटलका मार्केटिङ एक्जुकेटिभ रञ्जिना गुरुङले (मिठाई) स्विट्स,पानी तथा हल उपलब्ध गराउनु भएकोमा वहाँ लगायत अवुधाबी मिसा पुच का दिदीबहिनीहरु अन्जना नकर्मीले बारा र समयबजी, मिना श्रेष्ठले चिकेन करी र फ़िस फ्राई, हिमालयश्वरी श्रेष्ठले नेवारी अचार, अर्चना शिख्राकारले साग, बोडी,र आलु साँधेको, टिना मल्लले आलु र कावलीको परिकार बनाए ल्याएका थिए भने रेणुका रंजितले बफ छोयला लगायतका परिकारहरु वहाँहरुको आ-आफ्नो घरबाटै तयार गरी उपलब्ध गराई दिनु भई प्रवासमा रहेर पनि नेवारीपन तथा संस्कृति लाई जिवन्त राखी संरक्षण गर्नमा सहयोग गर्नु भएकोमा वहाँहरु सबैलाई नेवा: पुच: युएईको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्नु को साथै आगामी दिनहरुमा पनि यस्तै बिभिन्न कार्यक्रमहरु निरन्तररुपमा आयोजना गर्दै जाने र यस प्रकारका सकारात्मक कार्यहरु मार्फत एकआपसमा भाईचाराको सम्बन्ध बिस्तार गर्दै जानको लागी सबैको साथ र सहयोग प्राप्त भई रहने अपेक्षा गरेको कुरा नेवा:पुचका महासचिब कुमार बलामी ज्युले जानकारी गराउनु भएको छ।