आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

कूवेतमा नयाँ संस्था “पर्बत सेवा समाज” गठन

परदेशी खबर २१ भाद्र २०७६, शनिबार ०९:१७ मा प्रकाशित ( ४ साल अघि) १५० पाठक संख्या

परदेशी खबर / सेप्टेम्बर ७, कुवेत l पर्बत जिल्ला घर भई कुवेत लाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसाय मा आबद्ध पर्बतेलीको एकता दु:ख सुखको चौतारी होस र प्रावासमा रहेरपनी आफ्नो गाउँ ठाउँको सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भनी हिजो फर्वानिया पार्कमा पर्बत सेवा समाज कुवेत तदर्थ समिती गठन गरेको छ।

कूवेतको नेपाली समाजमा राजनीतिक, क्षेत्रिय, जातीय र संस्कृतिक गरि ७० भन्दा बढी रहेको नेपाली संघ सस्था थपिने क्रममा आज पर्बत सेवा समाज गठन भएको हो । पर्बत जिल्ला महाशिला गाउँ पालिका ४ पाखापानी निवाशी ईन्द्र भुसाल ( अर्जुन ) को सम्योजकत्वमा गठित तदर्श समिती १५ सदस्य रहेको र उक्त समितीले ६ महिना भित्र अधिवेशन गर्ने निर्णय गरेको कूवेतको नेपाली समाजमा लामो समयदेखी कृयाशिल सामाजिक ब्यक्तित्व टिकाराम आचार्यले जानकारी दिएका छन् l

नव गठित पर्बत सेवा समाजले कुवेतमा रहेका सम्पुर्ण पर्वतेलीलाई संपर्कमा आउन र हातेमालो गर्न अनुरोध गरेको छ ।

नव गठित तदर्थ समिति यस प्रकार छन्