आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

टि-२० विश्वकप छनोटको खेलमा नेपालको शानदार जित, कुवेत ७ विकेटले पराजित

परदेशी खबर ११ श्रावण २०७६, शनिबार ०५:५३ मा प्रकाशित ( ४ साल अघि) १८६ पाठक संख्या

साउन ११, काठमाडौं । पारस खड्काको कप्तानी पारीसँगै नेपालले टी-२० विश्वकप छनोटको खेलमा कुवेतलाई ७ विकेटले हराएको छ ।

शनिबार बिहानको शानदार जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ । अब नेपालले सिंगापुरविरुद्धको खेलमा पनि जित निकाल्नुपर्छ ।

इन्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले नेपाललाई १४२ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य नेपालले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

कप्तान पारस खड्काले ६८ रनको शानदार पारी खेले । ४२ बल सामना गरेका उनले ११ चौका र १ छक्काको सहयोगमा ६८ रन योगदान गरे । यसैगरी शरद भेषावकरले ३८ र उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन योगदान गरे ।

बलिङतर्फ कुवेतका कप्तान मोहम्मद कासिफले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन बनाएको थियो । कुवेतका लागि मोहम्मद कासिफले सर्वाधिक ४९ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले समान ३-३ विकेट लिए । करण केसीले २ र अविनाश बोहराले १ विकेट लिए । साभार: अनलाइन खबरबाट