~~कविता~~
भने जस्तो सोचे जस्तो, ठाँऊ कतै छैन।
साँचो कुरा सम्म यहाँ, बोल्न पाइन्दैन।
कोइकसैको आड लिई, सोझालाई हेप्छन।
पहुँचवालाले’नि सधै, आफ्ना काखी चेप्छन।
सोझा सिधाहरु सँधै, अन्यायमा पर्छन।
मान्य गुन्यहरु पनि, कोल्टे निशाफ गर्छन।
कहाँ होला निमूखाले, मुक्ति पाँउने ठाँउ?
रणभूलमा परें न्याय, खोज्दै कहाँ जाँउ?
नबोल्नेको चामल रहन्छ,बोले पिठो बिक्छ।
सोचिर’न्छु यस्तै चलन, कतिन्जेल टिक्छ।
ईमान्दारको उच्च शिर, ढलेको छ यहाँ।
जस्को शक्ति उस्कै भक्ति, चलेको छ यहाँ।
शोषण गरि सम्पतीको, राश लाँउनेहरु।
मर्दा खाली हातै जान्छौ, खाली आँउनेहरु।
सबै कुरा बुझेर नि,अबुझ किन बन्नु ?
बुझेर बुच्पचाँउनेलाई,केहि छैन भन्नु ।
नैनकला राई
खोटाङ दिक्तेल (हाल कुवेत)