आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

वैधानिक रुपमा आएका घरेलु कामदारले श्रम स्वीकृति पाउनु पर्छ भन्ने माग राख्दै दुतावासमा ज्ञापनपत्र बुझाउने 

परदेशी खबर ११ असार २०७६, बुधबार १५:५१ मा प्रकाशित ( ४ साल अघि) १३४ पाठक संख्या

परदेशी खबर / जुन २६, कुवेतl श्रम गरेर वैधानिक रुपमा आएका घरेलु कामदारहरुले नेपालमा छुट्टि गएर श्रम रोजगारीको लागि पुनः कुवेत आउन पाउनु पर्छ भन्ने माग राख्दै कुवेतमा टिकाराम आचार्यको संयोजकत्वमा हालसालै गठित संघर्ष समितिले नेपाली राजदूतावासमा आउदो २८ जुनमा ज्ञापनपत्र बुझाउने भएको छ l

उक्त संघर्ष समितिको गठनको लागि समन्वय जन जागृती युवा समाज कुवेतको रहेको र समितिले नेपाली राजदूतावासमा आउदो २८ जुन शुक्रबारको दिन अपरान्ह ४ बजे ज्ञापनपत्र बुझाउने संघर्ष समितिको संयोजक टिकाराम आचार्यले जानकारी गराएका छन् l

खाडी मुलुक मध्ये कुवेतमा पनि ठुलो संख्यामा काम गर्दै आएको घरेलु कामदारहरुको लागि यो पेशा असुरक्षित रहेको ठहर गर्दै नेपाल सरकारले सन् २०१४ देखि घरेलु कामदार पठाउन पूर्ण रुपमा रोक लगाएको छ l सरकारले घरेलु कामदारको लागि श्रम स्वीकृति दिनमा रोक लगाएसंगै घरेलु कामदारको रुपमा काम गर्दै आएका कामदारहरुलाइ छुट्टीमा घर गएर पुनः कामको लागि आउन समस्यामा परेकोले नयाँ भिषामा आउनलाई बन्द गरेता पनि पुराना घरेलु कामदारहरुलाइ श्रम स्वीकृति दिएर काम गर्न सहजीकरण गराउनको लागि ज्ञापनपत्र बुझाउन लागिएको संयोजक आचार्यले बताए l

कुवेतको हकमा ४० हजारको हाराहारीमा घरेलु कामदार रहेको अनुमान गरिदै आएको छ जस मध्ये श्रम स्वीकृति लिएर वैधानिक रुपमा आएका आफुहरुलाइ परिवारसंग भेटघाट गर्नबाट बन्चित गराएर अन्यायमा परेको गुनासो गर्दै कामको खोजिमा खाडी मुलुकमा आउनु रहर नभएर बाध्यता भएकोले सरकारले श्रम स्वीकृति रोकेर कामदारलाई अझ पिडा दिने काम गरेको कामदार र संघर्ष समितिको ठहर छl तसर्थ पुराना कामदारहरुको श्रम स्वीकृति फुकुवा गरि सहज रुपमा नेपाल गएर पुनः कामको लागि कुवेत फिर्ता आउने वातावरण मिलाउन नेपाली राजदूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको र उक्त कार्यक्रममा एनआरएन कुवेत , पत्रकार महासंघ लगाएत संघ संस्था र बुद्धिजीवी, समाजसेवीहरु एवं कुवेतमा कार्यरत नेपालीहरुलाई उपस्थितिको लागि समितिको संयोजक टिकाराम आचार्यले अपिल गरेका छन् l