आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतले मनायो १३०औं अन्तर्राष्ट्रिय मजदुर दिवस

परदेशी खबर २० बैशाख २०७६, शुक्रबार १९:३२ मा प्रकाशित ( ४ साल अघि) ७६६ पाठक संख्या

नैनकला राई / मे ३, कुवेत। नेपाल ट्रेड युनियन महासंघ जिफन्ट नेपालको वैदेशिक शाखा नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेत एवं कुवेत ट्रेड युनियन फेडरेसन र सोलिडारिटी सेन्टरको संयूक्त आयोजनामा आज ३ मे २०१९ शुक्रबारको दिन १३०औं अन्तर्राष्ट्रिय मजदुर दिवस कुवेतवासी मजदुरहरु लगाएत कुवेत ट्रेड युनियन फेडरेसन ,सोलिडारिटी ,सन्धिकन एसोसिएसन , ह्युमन राईट्स र नेपाली संघ संस्थाका पदाधिकारीहरुका साथ कुवेत स्थित खेतानको राजधानी प्यालेसमा भव्यताका साथ सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ मा विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ। त्यस्तै अमेरिका लगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने गरिन्छ ।

विश्व स्तरमा मनाइने मजदुर दिवस सन् १८८६ मे ४ तारिखको दिन मजदुरहरुले आफ्ना हक, हित र दैनिक ८ घण्टा काम ८ घण्टा मनोरन्जन र ८ घण्टा आराम गर्न पाउनुपर्ने नाराका साथ अमेरिकाको सिकागोमा भएको हैपरमार्केट आन्दोलन तथा रक्तपातमा मारिएका श्रमिक मजदुरहरुको सम्मानमा अनि सन् १८८९ मा पेरिसमा प्रस्तावित मस्यौदा अनुसार सन् १८९१ मा वैधानिकरुपमा दोश्रो अन्तर्राष्ट्रिय कम्युनिष्ट तथा सामाजिक संघको भेला-गोष्ठीबाट पारित भएको ऐतिहासिक दिनको सम्झनामा हरेक मे १ तारिखको दिन विश्व मजदुर अर्थात् श्रम दिवस मनाइन्छ।

नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतका अध्यक्ष गणेश रावतको सभापतित्वमा सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदुतावासको तर्फबाट श्रम सहचारी ज्ञानेन्द्र शर्मा र बिशेष अतिथिहरु एनआरएनए कुवेतका अध्यक्ष शुमित्रादेवी पौडेल, कुवेत ट्रेड युनियन फेडरेसनको तर्फबाट अवाद शुगेर ,सोलिडारिटी सेन्टरको तर्फबाट फार्न्सिस्का र अब्दुल रहमान अल तुर्कि लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र पत्रकार, कलाकार एवं कुवेतमा कार्यरत श्रमजीबीहरुको उपस्थितिमा गरिएको कार्यक्रममा संघका सल्लाहकार उदास श्रेस्ठले अतिथिगणहरुलाई स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन संयुक्तरुपमा समाजसेवी सुरज मास्के र संघका महासचिव प्रसाद तिम्सिनाले गरेका थिए ।


कार्यक्रममा कुवेती र नेपाली राष्ट्रिय गानाको गुन्जन संगै सामुहिकरुपमा सभापति, प्रमुख अतिथि, बिशेष अतिथि लगाएतका ब्यक्तित्वहरुले दिप प्रज्वलन गर्दै कार्यक्रमलाई अगाडी बढाइएको थियो । शुभकामना मन्तब्यको क्रममा बिशेष अतिथिहरु र बिभिन्न संघ संस्थाको प्रतिनिधिहरुले आ आफ्ना धारणाका साथ मजदुरहरुको हक हितका लागि सबै एक हुन सुझावहरु दिएका थिए । कार्यक्रममा साहित्यमा श्रमिकका संदर्भमा समेटिएका रचनाहरु नैनकला राई, प्रेमबहादुर कटुवाल, राज श्रेष्ठ लगाएतले वाचन गरेका थिए।

स्थापना काल देखिनै कृयाशिल रहदै विभिन्न सामाजिक कार्य बिशेष गरेर मजदुरहरुको सहयोगका लागि डटेर लाग्दै आएको जिफन्ट सपोर्ट ग्रुप कुवेत र प्रवासी नेपाली मन्चले बिगतको वर्षझैँ कुवेतमा न्युनतम तलब, सेवा सुबिधा र सामान्य मजदुरको रुपमा प्रवेश गरि विश्वका मजदुरहरुसंग सघर्ष गर्दै उच्च पदमा पुगेर विश्व माझ नेपाल र नेपालीहरुको गौरव उच्च राख्न सफल भएकोमा

श्रम सहचारी – ज्ञानेन्द्र शर्मा
सोलिडारिटि सेन्टर कुवेत इन्चार्ज – अब्दुल रहमान अल तुर्कि
हुन्डाई कम्पनि एच•आर• ईन्चार्ज – जय आले मगर
टेक्निकास रिफाईनरिइ प्रोजेक्ट सेफ्टि ट्रेनर -राजिव खड्का
ग्रुप फोर सेक्युरीटी सर्भिस कोडिनेटोर मनोज क्षेत्री
डाइट फ़ुड रेस्टोरेन्ट सुपरवाईजर नारायण पोख्रेल
च्याउ खेति विशेषज्ञ कमल सुवेदी लाई
सम्मान पत्र वितरण गरेका थिए ।


आयोजकले अतिथिहरुलाई निशुल्क रात्री भोज उपलब्ध गराएका थिए भने सभापति गणेश रावतले आउदा दिनहरुमा पनि सम्पूर्ण सहकर्मीहरुको साथ र सहयोग पाउने आशा राख्दै यस कार्यक्रमलाइ हरेक तह र तप्काबाट सफल र सम्पन्न गराई दिनुहुने सम्पुर्ण नेपाली श्रमिक दाजुभाई तथा दीदिबहिनि हरुलाई जिफन्ट सपोर्ट ग्रुप कुवेत र प्रवासी नेपाली मन्च कुवेतको तर्फबाट बिशेष धन्यवाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिए ।