आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा नेपाली महीलाद्वारा नेपालीकै छुरी प्रहार गरि हत्या

परदेशी खबर १९ बैशाख २०७६, बिहीबार ०७:०९ मा प्रकाशित ( ४ साल अघि) १२१ पाठक संख्या

मृतक खेम बिक

परदेशी खबर/ मे २, कुवेत।,कुवेतमा एक नेपाली महिलाले आफ्नै प्रेमीको छुरी प्रहार गरि हत्या गरेकी छन् । लिभिङ टुगेदरमा बसेकी महिलाले बुधबार दिउँसो छुरी प्रहार गरि प्रेमीको हत्या गरेकी हुन् ।

हत्या गरिएका नेपाली तनहुँ जिल्ला निवासी खेम बहादुर बिक रहेको बुझिएको छ ।

कुवेतको मंगाफमा लिभिङ टुगेदरमा बसेकी धरान घर भएकी भनिएकी माया गुरुङले छाती र ढाडमा धारिलो हतियार प्रहार गरेर हत्या गरी कपडाले छोपेर राखेको प्रतक्ष्यदर्शी तथा सामाजिक व्यक्तित्व नवराज पराजुलीले जानकारी दिए ।

घटना मे १ तारिकमा  मंगाफ स्थित ब्लक -४ मा दिउँसो ४ बजे घटेको थियो ।

मृतक खेम बिक कुवेतमा वैधानिक रुपमा बस्दै आएका थिए भने माया अवैधानिक रुपमा बस्दै आएकी थिइन् ।

माया प्रेमसँगै लिभिङ टुगेदरमा बसोबास गर्दै आएका यी जोडी खासै खुसि देखिदैनथे । उनीहरु दिनहुँ झगडा गरिरहने नजिकका नेपालीहरुको भनाइ छ ।

यी जोडीले शुक्रबार र शनिबार म:म बनाएर बेच्ने गरेका पुर्णिमा Dxn ले बताइन । उनीहरु अर्डर अनुसार कोठामै म:म पुर्याउनसम्म जाने गरेका थिए ।
एक बच्चासहित २१ जना पक्राउ

प्रहरीले माया गुरुङलाई घटना स्थलबाटै पक्राउ गरेको छ । भने अन्य २१ जना प्रकाउ परेको बुझिएको छ । प्रकाउ परेका मध्ये एक जनालाई सोधपुछ पश्चात छोडेको र अन्य प्रहरी हिरासतमै छन् ।

पक्राउ पर्नेमा एक बच्चा समेत रहेका छन् । ति बच्चालाई बाबुआमासहित पक्राउ गरेको हो ।

यस बारेमा नेपाली राजदुतावाससंग कुरा गर्दा मृत्यु भएको पुष्टि भएको र बाँकि डिटेलस् भने आउन  बाँकि रहेको परदेशी खबरलाइ जानकारि दिएका छन् ।