दिलकुमार पाख्रीन/ ४ अगस्ट, कुवेत। इलाम दानाबारिका प्रेमबहादुर राइ बिगत केही बर्षदेखी साउदिमा कार्यरत थिए। वैदेशिक रोजगारिको शिलसिलामा साउदी अरव पुगेका राई आफैले चलाइरहेका गाडिमा भएको कम्पनिको सामान गाडी सहित चोरी भएपछी कम्पनिले राई मार्फत उक्त चोरी भएको सामानको क्षेतिपुर्ति स्वरुप नेपाली झन्डै ९५ लाख रुपैयाँको माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो।
उनले उक्त रकम तिर्न नसकेपछी उनलाइ क्षेतिपुर्ती स्वरुप तोकिएको रकम नतिरे सम्म नेपाल फर्किन नपाउने गरि साउदिकै जेलमा राखिएको थियो। तर नेपालबाट केहि मनका धनी ब्यक्तित्वहरुले एउटा प्रेम बचाउ अभियानको लागि समिती नै गठन गरेर विश्वब्यापी रुपमा प्रेम बचाउनका लागि आर्थिक संकलन अभियान चलाएर आवस्यक रकम संलन गरेका थिए। उक्त संकलित रकम नेपाल परराष्ट मन्त्रालय हुँदै नेपाली दूतावास साउदिद्वारा अदालतमा बुझाए पश्चात प्रेमबहादुर राइ अगस्ट ५ तारिक नेपाल फर्किने निश्चित भएको प्रेम राई बचाउ अभियानका उपसमिति कुवेतका संयोजक तथा पिडितका दाजु चक्र राइले जानकारी गराएका छन।
पिडित राई भोलि दिल्ही एयरवैज फ्लाइट नं 9W 509 खालिद अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानिय समय अनुसार बिहान ६:०० बजे उडान भर्दै दिल्हिमा दिउँसो १ बजे अवतरण गर्नेछन। दिल्हिबाट दिल्ही अयरवैजकै फ्लाइट नं 9w 268 बाट दिउँसो नेपाली समय अनुसार ४:१५ बजे काठमाडौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन।
प्रेम राई बचाउन विश्वभरबाट आर्थिक संकलन अभियान संचालन गरिएको थियो। कम्पनिले क्षेतिपुर्ती स्वरुप नेपाली झन्डै ९५ लाख रुपैयाँ मागे पनि नेपाली ४३ लाख ३३ हजार ५०० रुपैयाँमा कम्पनिका मालिकसंग सम्झौता गरि छुटेका हुन। संयोजक चक्र राइका अनुसार अभियानले कुल ९२ लाख संकलन गरेको छ। बाँकी रकम प्रेम राई नेपाल पुगेको हप्तादिनभित्र पत्रकार सम्मेलन गरि कुनै पनि संस्था वा प्रतिष्ठान नबनाइ तत्काल विदेशमै समस्या परेका नेपालिहरुका लागि खर्च गरिनेछ। अभियान अवधिमा कुल खर्चको १०% एन आर एन ए ले सहयोग गर्ने प्रतिबद्धता गरे पनि उक्त रकम बिना नै प्रेम राई बचाउ अभियान सफल भएको र उक्त रकम आवस्यक नरहेकोले अन्य पिडितहरुलाइ सहयोग गर्न समेत अभियानले सल्लाह दिएका छन।
कुवेतबाटै पनि उपसमिति बाहेक छुट्टै आर्थिक संकलन गरेको तर मुल समितिमा बुझाउँछु भन्दै आजसम्म उक्त संकलित उक्त रकम मुल समितिमा जम्म नगराएको प्रती उप समितिका संयोजक चक्र राइले आपत्ती जनाएका छन। उनले प्रेम राइको नाममा संकलित रकम एक पैसा पनि अन्ययमितता हुन नदिने भन्दै उक्त संकलित रकमलाइ अन्य पिडितलाइ भए पनि सदुपयोग गर्नको लागि अनुरोध गरेका छन।
उप समितिका संयोजक चक्र राइले प्रवासमा रहेर यति ठूलो अभियान सफल पार्न अहम भुमिका निभाउनुहुने तमाम नेपाली दाजुभाइ दिदिबहिनिहरु, पत्रकार/मिडियाहरु र संगै खटिनुहुने सबैलाइ आभार ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन।