आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

उत्पिडित जाँगरण अभियान समाजले पुर्ण मान तामाङलाई आर्थिक सहयोग

परदेशी खबर १७ श्रावण २०७५, बिहीबार १९:११ मा प्रकाशित ( ५ साल अघि) ४५६ पाठक संख्या

मणिकलाल घिसिङ तामाङ ।

काठमाडौं १७ ,साउन | उत्पिडित जाँगरण अभियान समाजले एक भेटघाट कार्यक्रम आयोजना गरी बिरामी पुर्ण मान तामाङलाई उनको अस्थाई निवास पुरानो बानेश्वर पुगी सहयोग रकम हस्तान्तरन गरेको छ ।

समाजका सदस्यहरुको उपस्थिती र समाजका कोषाध्यक्ष सम्झना लामाले हस्तान्तरन गरेका थिए । र त्यसै दिन समाजकै बिशेष सल्लाहकार तथा लामा भिक्षु तारा गेलुङ तामाङले पहल गर्नुभएको सहयोग रकम हस्तान्तरन गरिएको छ । तामाङको दुबै मृगौला फेल भै बिगत पाँच महिनादेखि भक्तपुर अंग प्रत्यारोपन अस्पतालमा उपचारार्थ छन् ।

सहयोग रकम हस्तान्तरण गर्नुपूर्ब, बिरामीको हालको स्वास्थ्यास्थिति, उपचार बिधी र प्रकृया बारे सम्पूर्ण जानकारी प्राप्त गरेका थिए । संस्थाका कोषाध्यक्ष सम्झना लामाले संकलित रकम हस्तान्तरन गर्दै, संस्थाको तर्फबाट स्वास्थ्यलाभको कामना ब्यक्त गरे । हालसम्म कुनै पनि संघ समस्था र संगठनले उनको निमित्त सहयोग नगरेको बताए । उनको ब्यक्तिगत र केही साथीहरूको सहयोग गरेको रकम गरी दुई लाख जत्ति खर्च भएको जानकारी दिए । तामाङको उपचारको निमित्त अभियान कर्ता प्रेम लामाले अपील गरेका थिए ।

साबिक महाँकालचौर बेथनचोक वडा नं. ६ बस्ने मान बहादुर तामाङको नाति कृष्ण बहादुर तामाङ र आमा माईली माया तामाङको छोरा हुन् पुर्ण मान तामाङ । मृगौला प्रत्यारोपन गर्नको लागि अर्थिक अबस्था कमजोर भएको हुदा उपचार हुन सकेको छैन । तामाङले त्यसैमा थप्दै भने, “अभियान सन्चालन गर्छु भनेर कोही ब्यक्तिहरु र संघ संस्थाहरु आएका छैनन् । आफ्नै श्रीमतीको मृगौला मिल्ने भएकोले अर्को खोज्नु परेन तर त्यसको लागि तीन देखी चार लाख लाग्ने रहेछ । दुई लाख जत्ती खर्च भो ।” पहिले ७० किलो भएको ज्यान हाल ४५ मा झरेको छ । उनले हप्तामा दुई/तीन पटक डाइलेसिस गर्दै आएका छन् । उनी हाल एक श्रीमती र दुई नाबालाक छोरासहित पुरानो बानेश्वोर म अस्थाई बसोबास गदै आइरहेका छन् । आँखामा टिल्पिल आसुँ राख्दै उनका श्रीमती सीता तामाङ सानो स्वरमा आफ्न दु:ख ब्यक्त गर्दै, “कमाउने मुख्य मान्छे नै यसरी बिरामी हुँदा एकदम गाह्रो स्थिती छ । अपचारमा यत्ती धेरै खर्च लाग्ने भो ।” उनले ट्याक्सी चलाई रहेको बेला अचानक पसिना आएर बेहोस् भएको र ट्याक्सी चलाउने साथीले अस्पातल लगेको बताए । सुरुको परिक्षनमा रोग पत्ता नलागेको र अन्य कम्जोरी होला भनेर एक हप्ता औषधी खाँदा पनि निको नभएपछी फेरी परिक्षन गर्दा दुबै मृगौला फैल भएको रिपोर्ट आएको बताए । हाल पर्याप्त मात्र खाने कुराहरु खान नमिल्ने र खाए तत्काल समस्या आएर अस्पताल कुदाउनुपर्ने बताए ।

समाजले ठुलो अभियान सन्चालन नगरेपनि यसै भित्रका प्रबासमा रहेका सदस्यहरु मार्फत संकलित रकम रू. २४,८८२।- र दक्षिण भारतस्थित सेरपोम युनिभर्सिटीका रिन्पोछे गुरु लामा गेशे तथा भिक्षु विद्यार्थीहरुबाट संकलन गरिएको रकम रु.८८,७५७।- किस्पाङ गाउँपालिका नुवाकोटका लामा गुरु तथा समाजका बिशेष सल्लाहकार गेलोङ तारा तामाङको पहलमा लामा गुरु गेशे तेन्जिङ छिरिङज्युले हस्तान्तरण गर्नुभएको हो । समाजको तर्फबाट समाजका सदस्यहरु एमडी बल, बेता घिसिंङ, गणेस तामाङ, जीएम लोप्चान, सम्झना लामा, रजिता बल, राजकुमार थीङ, सर्मिला थींङ, सुन माया थिङ, बेता घिसिङ, गणेस तामाङ, सिर्जना तामाङ, लीला क्षत्री, फूल माया तामाङ, सरु लोप्चन, सुनिल कुमार बलले सहयोग गरेका थिए । स्थापना कालको लामो समययता समाजले विभिन्न सामाजिक, राजनैतिक अभियानहरु संचालन गर्ने र आबश्यकिय व्यक्ति तथा स्थानमा सहयोग गर्दै आईरहेका छन् । गुञ्जमान लोप्चन अध्यक्ष रहेको यस संस्थामा हाल प्रबास तथा स्वदेशमा यसका सदस्यहरु सकृय छन् ।